काठमाडौं । खानेपानी संस्थान अहिले नेतृत्वविहीन छ । महाप्रबन्धक भूपेन्द्र प्रसाईंले अवकाश पाएपछि खानेपानीको नेतृत्व पाउने दाउमा कर्मचारीहरू कांग्रेसी नेता तथा कार्यकर्ताकोमा धाउन थालेका छन् । नेपाली कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवालाई श्रीमती डा.आरजु देउवाले दिएको निर्देशन पालना गर्न भ्याई–नभ्याई छ । तत्कालीन गिरिजा सरकारको कार्यकालमा सुजाताले हैरान पार्ने गर्थिन । त्यस्तै, नजराना देउवा सरकारमा पनि देख्न पाइन्छ । पत्नी डा.आरजु, सासु प्रतिभा राणा र साला भुषण राणाले प्रधानमन्त्री देउवालाई दिग्दार बनाउने गरेका छन् । प्रधानमन्त्री देउवाले खानेपानी तथा सरसफाई मन्त्री उमाकान्त चौधरी, कांग्रेस नेता कृष्ण सिटौला र सांसद भीमसेनदास प्रधानको कुरा काट्न सक्दैनन् ।
देउवाको लगानीकर्ता ठेकेदार जीपछिरिङ लामालाई काम लिनु छ । लामा सिटौला र सांसद प्रधानसँगनिकट नभए पनि उनले आफ्नो पहुँचले केयुकेएलका असक्षम इन्जिनियर अर्जुनबाबु ढकाललाई महाप्रबन्धक बनाउन मन्त्री चौधरीसँग दोस्ती बनाइसकेका छन् । तर, त्यहाँ अर्जुनलाई धोका दिने भूपेन्द्र प्रसार्इंं छन् । प्रसाईंले संस्थानको महाप्रबन्धकबाट हालै अवकास पाएका छन् ।
सरकारले इन्जिनियरहरूबीच प्रतिष्पर्धा गर्नुपर्ने स्थिति थियो । तर, राजधानीमा केन्द्रीय कार्यालय भएकाले धेरै खेलोफड्को त्यहाँबाट हुने गर्दछ । महाप्रबन्धक बन्न संस्थानकै डोलप्रसाद चौलागाईं, त्रिदेव श्रेष्ठ पनि प्रतिष्पर्धामा छन् । अर्जुनबाबु कांग्रेसी कार्यकर्ता भएकै कारण ठेकेदार जिपछिरिङ उनको पछि लागेका छन् । कर्मचारी भने ढकाललाई मन पराउँदैनन् । अडिट नगर्ने, महालेखालाई नटेर्ने, बोर्ड बैठकमा माइन्युट च्यातेर हिँड्ने काम उनले गरेकै हुन् । तर, पैसा ठेकेदारले खर्च गर्छ, संस्थानको काम पनि उसैले लिन्छ । कर्मचारीलाई चासो पनि छैन । अडिट रिपोर्टको चासो कसले लिन्छ । मन्त्री चौधरीलाई कमाउनु छ । खानेपानी संस्थानमा महाप्रबन्धक पद खाली छ ।
मन्त्रालयमा मन्त्री चौधरीका कार्यकर्ता र आफन्त गरी ४० भन्दा बढीको ताँती छ । उनीहरूको पद के हो ? जिम्मेवारी के हो खुलाइएको छैन । प्रेस सल्लाहकार बन्न कृष्ण सिटौलाको फोनको भरमा उफ्रिँदै पुगेका झापाका लिला खनाल यो जन्तीका बीचमा बकुल्ला झैँ भएका छन् । खानेपानी मन्त्रालय सानो छ, त्यसको मातहतमा खानेपानी संस्थान, खानेपानी बोर्ड, केयुकेएल र खानेपानी विभाग र ३० अर्ब खरानी भएको मेलम्ची विकास समिति छन् । सबैको ध्यान उठाउने रहेको छ ।
