फोन ट्यापिङ गर्दै गुप्तचर प्रमुख

समाचार

काठमाडौं । निभ्ने बेलाको बत्ति मिलन हुन्छ, त्यसैले नत प्रकाश दिन्छ नत पोल्न सक्छ । राष्ट्रिय अनुसन्धान विभागमा अहिले त्यसै भएको छ । विभागका प्रमुख गणेश अधिकारी ३ वर्षे कार्यकाल पूरा गरी यही महिना अवकाश लिँदैछन् । उमेर त उनको ५४ वर्ष हो भन्छन् गुप्तचरहरू । प्रधानमन्त्री देउवासँग राम्रो सम्बन्ध भएका अधिकारीको श्रीमती डा.आरजु देउवाको साथी नामक आइएनजिओको हर्ताकर्ता भएकाले उनलाई सत्ता सञ्चालकसँग निकट हुन सहज भएको छ । तर, एमालेका तत्कालीन उपाध्यक्ष वामदेव गौतमको सहयोगी पूर्वप्रमुख देवीराम शर्माका विश्वासपात्र गणेश अधिकारीले आफू जाने बेलामा सहयात्रीहरूको खेदो खनेका छन् । त्यसले भोलि उनकै खेदो खन्नेछ ।
अहिले गुप्तचरका हाकिमहरूको फोन ट्यापिङ गरेर उसले कोसँग कति खेर के कुरा गर्दैछ त्यसको रेकर्ड राख्नु नै अधिकारीले बहादुरी ठानेका छन् । अनुसन्धान विभागलाई प्रम कार्यालयअन्तर्गत लगेर पनि केही माखो मारेका छैनन् । क्षमतावान युवाहरूको वुद्धि विकास नहुँदा राष्ट्रिय अनुसन्धानले समयअनुसारको प्रगति गर्न सकेन । फोन ट्यापिङ योजना उनैले ल्याएका हुन् । माओवादी जनयुद्ध त अनुसन्धानका जासुसहरूको कमाइको माध्यम थियो । जब माओवादी शान्ति वार्तामा आयो विभागले अनुसन्धान गर्ने ठाउँ पाएन, अर्थात नयाँ सोच र धारणाका साथ काम दिन सकेन । प्रहरीजस्तै विभाग कांंग्रेस र एमालेका कार्यकर्ता थन्काउने थलो बनेको छ । गणेशले कर्मचारीको लागि राम्रै गरेका थिए । सरकारले सुरक्षा भत्ता काट्यो । जुन काम गलत हुन्छ भन्न गणेशले सकेनन् । किनकी कोरोना कालमा केपी ओलीका भक्त सूर्य थापाजस्ता सहयोगी ओम्नी समूह अगाडि सारेर कमाउने स्वर्णिम युग थियो । सरकारले तल्लोस्तरको कर्मचारी, फौजी, सेनाको खाईपाई आएको भत्ता कटौती गर्नु बहादुरी ठान्यो । त्यो अहिले पनि जारी छ ।
अधिकारीपछि यदु खरेल प्रमुख बन्दै छन् । खरेल ६ महिना मात्र प्रमुख हुनेछन् । त्यसपछि दूतराज थापाहरूको पालो आउँछ । अधिकारीले तिनकै फोन ट्यापिङ गरेर अत्याएका छन् । पदबाट विदा लिने बेलामा अधिकारीले अत्याएकाहरूले भोलि उनैलाई कस्तो व्यवहार गर्छन उनले सोचेका छैनन् । किनकी विभागमा दीलिप रेग्मीजस्ता भद्र हाकिम पनि कार्यकालको तिनै वर्षमा अवकाश लिन बाध्य थिए । राजनैतिक नियुक्तिको पर्खाइमा उनी छन् । देवीराम शर्मालाई दरबारिया भनेर पूर्ण राजनैतिक नियुक्तिमा लगिएको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *