काठमाडौं । नीतिगत भ्रष्टाचारमा पुरस्कार पाएको नेकपाको सरकारका सञ्चारमन्त्रीले अरु ठाउँमा भ्रष्टाचार गरे पनि सरकारको मुखपत्र पढ्न लायकको बनाएका छन् । त्यसको छानबिन समितिमा विष्णु रिमाल छन् । प्रेस सेन्टरका अध्यक्ष महेश्वर दाहालले टिकाराम राईजस्ता उग्रव्यक्तिलाई विज्ञका रूपमा नियुक्त गराए । तर, राईले गोरखापत्रमा माओवादीकैविरुद्ध अभियान चलाए । विष्णु दाइजस्ता कोरियाबाट श्रीमती उपहार ल्याउने उग्रको जागिर नै गयो । तारा बस्यालजस्ता भ्रष्टाचारी टिकारामका दोस्ती भए ।
आर्थिक रूपमा लोभ नगरे पनि राई मोजमस्ती गर्न उत्सुक थिए । भर्ति गर्न नमान्दा उनले धेरैलाई अप्ठेरोमा पारेकै थिए । अपायक सरुवा, काज सरुवाजस्ता काम मात्र होइन टिकारामले संस्थागत सुधारमा बाधक देखिएकाहरूको निगराखी राखी भष्मासुरको साथ लिए । एक लाखको चेक सही गर्न डराउने ‘मोही माग्ने ढुंग्रो लुकाउने’ कांग्रेसी मोटर कार्यकारी थिए । राई साँढे हुँदा संस्थागत सुधार भयो । केपी गौतम घरबाटै पेजको सम्पादक भए । प्रदीप नेपालको लेखले उनलाई कार्यालय आउन बाध्य बनायो ।
तर, अहिले प्रेस युनियनका विष्णु सुवेदीलाई कार्यकारी बनाइएको छ । उनी गोरखापत्रमा छन् कि छैनन् थाहा छैन । संस्था भद्रगोल छ, महाप्रबन्धक सम्पादक शिव भट्टराईले संस्थागत सुधार गर्दैनन् । उनी पनि जापान गएर धन कमाएर मोटाएका व्यक्ति हुन् । कांग्रेसले संस्थागत सुधार गर्दैन । महेश्वर दाहालले चाहेको खण्डमा गोरखापत्र सुधार्न टिकाराम पठाउन सक्थे । प्रेस सेन्टरको कोटामा टिकाराम पहिले गोरखापत्र जाँदा आतंक मच्चिएको थियो । कुरौटे र जासुसहरू थन्को लागेका थिए ।
गोरखापत्रमा कांग्रेसीको राज छ । जुनारबाबु बस्नेतहरूलाई विष्णु सुवेदीले कजाउने ठाउँ छैन । संस्थागत सुधार विज्ञापनले गर्ने हो । विज्ञापन बेच्ने क्रमश सुरु हुँदैछ । भ्रष्ट लम्पट तारा बस्यालहरू त्यहाँ जागेका छन् ।