चन्दलाई फकाउँदै प्रचण्ड

समाचार

काठमाडौं । ठूलो पार्टीको नेता बन्न सबै आतुर छन् । तर, एमाले अध्यक्ष केपी ओली वैचारिक र कार्यक्रमले होइन, पार्टीमा हैकम चलाएर ठूलो पार्टीको ठूलै नेता बन्ने घोषणा त्यो बेला गरे जुनबेला पार्टी दशौँ महाधिवेशनको उद्घाटनस्थल भव्य बनाउँदै थियो । ओलीले सम्झौता भत्काए, सबैतिर आफैँ भने । केपीका सहयोगी ईश्वर पोखरेल, विष्णु पौडेल, शंकर पोखरेल, युवराज ज्ञवाली, सुवास नेम्वाङहरूले पदको गरिमा कति बचाउँछन् थाहा छैन । तर, नेपाली जनताको चाहना २०७४ सालको चुनावको ४१ महिनामै ध्वस्त बनाए । त्यो जगजाहेर छ ।

ठूलो पार्टीबाट वामदेव गौतम, माधव नेपाल, झलनाथ खनालहरू बाटो लागे । ओलीलाई मोहनचन्द्र, राधाकृष्णले मात्र होइन । नेकपा मालेका सिपी मैनालीले समेत राजनीतिभन्दा हुकुमी बादशाह बनेको बताउन थालेका छन् । यस्तै संकटका बेला साथी चाहिन्छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नैबाट फुत्केका मोहन वैद्य, नेत्रविक्रम चन्द, गोपाल किराँतीलाई जोड्ने तयारीमा छन् । शक्ति बिनाका वैद्य र किराँती युरोपेली युनियनको कलो खानेमा पर्छन । चन्द समूहका खड्ग विक होस् वा वैद्यको समूहका परी थापा, सीताराम तामाङ, चन्द्रप्रकाश गजुरेलहरू युरोपेली युनियनको हुण्डीमा बाँचेका हुन् । प्रचण्डसँग वैद्यलाई एकता हुन दिइने छैन । किनकि त्यो जमातकै पम्फा र देव गुरुङ मात्र होइन सुरेश आलेहरू पनि जनजातिकै नाममा क्षेत्री ब्राम्हणमाथि धावा बोल्नेमा पर्छन ।

प्रचण्डलाई कृष्णबहादुर महरा, जनार्दन शर्माप्रति विश्वास छैन । त्यही कारण उनले जनयुृद्धको धार पक्रिएका नेत्रविक्रम चन्दलाई पार्टीमा भित्र्याएर भोलिको उत्तराधिकारी बनाउन खोजेका छन् । चन्दसँग क्रान्तिकारीपन छ । जुझारु स्वभाव छ । महरा र जनार्दन भनेका सत्ताको प्यारा बन्दा उडुस बनेका पात्र हुन् । माओवादीले त्यस्ता उडुस धेरै पालेको छ । दिनानाथ शर्मा, हिमाल शर्मा, देवेन्द्र पौडेलको व्यवहार एकै प्रकारको छ । शर्माले शिक्षामा घुस खाने तरिका पौडेललाई सिकाएका छन् । उनी शिक्षामन्त्री हुँदा हिमाल अखिलको नेता थिए । यिनले पार्टीको काम गर्दैनथे । पैसाको खेलो–फड्को गर्न एबिसी टिभीका शुभशंकर कँडेलसम्म पुग्थे ।

आफूसँग भएका यस्ता कसिंगारविरुद्ध प्रचण्डले नेत्रविक्रमलाई प्रयोग गर्न उनको बाध्यता हो । चन्दले कार्यगत एकता गर्ने चुनावी मोर्चामा साथ दिने बताएका छन् । कार्यक्रम मिल्दा एकता टाढा छैन । तर, भ्रष्टाचार गर्नेहरूलाई पार्टीले च्यापेर अहिलेको दशा बढेको कुरा प्रचण्ड महसुस गर्दैछन् । त्यही कारण पूर्व माओवादीहरूलाई जोड्ने प्रयास भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *