कर्मचारी संगठनभित्र झगडा गर्नेदेखि अकुत कमाउनेसम्म

प्रशासन

काठमाडौं । नेपालीमा एउटा उखान छ, ‘जुन जोगी आए पनि कानै चिरेको ।’ अहिले यो उखान कर्मचारी प्रशासन, निजामती कर्मचारी संगठन र आधिकारिक टे«ड युनियनमा चरितार्थ भएको छ । अहिले कर्मचारी संगठन र आधिकारिक ट्रेड यूनियनमा भाँडभैलो मच्चिएको छ । आधिकारिक ट्रेड युनियनका नेता लेखनाथ कोइराला र केदार देवकोटाबीच लडाइँ चलेको छ । देवकोटा र कोइरालाबीच टकरावको अवस्था छ । कोइराला आधिकारिक टे«ड यूनियनको पूर्वउपाध्यक्ष हुन् भने देवकोटा संगठनका पूर्वअध्यक्ष भएका व्यक्ति हुन् । अहिले एमाले संगठनमा देवकोटा र कोइरालाबीच चर्काचर्की भएर एक अर्कालाई दोष दिँदै बसेका छन् । राजनीतिक दलभित्रजस्तै निजामती क्षेत्रमा पनि भाँडभैलो सुरु भएको छ । कर्मचारी नेताबीच भनाभन भएपछि अन्य कर्मचारी निराश भएका छन् । यस्तै, नेकपा एकीकृत समाजवादी पार्टीका कर्मचारी संगठनमा पनि भाँडभैलो मच्चिएको अवस्था छ । एस पार्टीका कर्मचारी भोलानाथ पोखरेल र मोहन घिमिरेका बीचमा पनि फाटो आएको अवस्था छ । पोखरेल चाहिँ म कर्मचारीको नेता हुँ भन्दै हिँड्ने गरेका छन् । उनी कर्मचारीको सुख दुःखको कुरा सुन्ने पार्टी संगठन बलियो बनाउन लागिपरेका छन् भने घिमिरे चाहिँ मन्त्रालयमा बसी आमा चाकडी गरी बस्ने गरेका छन् । संगठनको काम सिन्को भाँचेका छैनन् । ‘भोला चोर हो म संगठनको पुरानो मान्छे हुँ’ भन्दै नानाथरी गफ दिने गरेका छन् । मन्त्रालयमा बसी आमा चाकडी गरेपछि अन्य कर्मचारी भने शिर निहु¥याएर हिँड्ने गरेका छन् । यस्तै एमालेभित्र पनि देवकोटा र कोइरालाबीच तथानाम आमाचाकडी गालीगलौच गर्ने गरेको समाचार सूत्रले बताएको छ । लेखनाथ कोइराला संगठनको लागि रातदिन नभनी कर्मचारी संगठनको भेला, गोष्ठी सम्मेलनमा हिँड्ने गरेका छन् भने केदार देवकोटा चाहिँ सरुवा–बढुवामा खेलोफड्को गर्ने गरेका छन् ।
केदार देवकोटाले कर्मचारी सरुवा–बढुवा गर्नेदेखि मालपानी उठाउने धन्दा चलाएको आरोप लाग्ने गरेको छ । हुन पनि केदार देवकोटा जहिले पनि मालदार ठाउँमा आफू जान र आफ्नो वरिपरि लाग्ने कर्मचारीलाई मालदार ठाउँमा सरुवा–बढुवा गर्न लागिपरेका छन् । यस्तै, मधेसी कर्मचारी संगठनको नाम भजाएर भ्रष्टाचारमा नाम कमाएका भ्रष्टाचारी र विभिन्न कर्मचारी संगठनको सदस्यता लिँदै सधैँ मालदार ठाउँमा जान चाकडी गर्न सक्ने व्यक्ति हुन् तेजनारायण यादव । तेजनारायण यादवको भ्रष्टाचार हेर्ने हो भने लुम्बिनी प्रदेश गए हुन्छ । तेजनारायण यादवले जुनसुकै पार्टीको सरकार आए पनि मालदार अड्डा नै जाने गरेका छन् । लोकसेवा आयोग पढाउँदासमेत लोकसेवा आयोगका कर्मचारीसँग समन्वय गरी लोकसेवाका प्रश्नपत्र नै बिक्री गर्ने गरेको उनीमाथि आरोप लाग्ने गरेको छ । अहिले लुम्बिनी प्रदेशमा भाँडभैलो मच्चाएको समाचार बाहिर आइरहेको छ । तेजनारायणले अहिले लुम्बिनी प्रदेश यातायात कार्यालयमा बसेर करोडौँ कमाएको आरोप लागेको छ । तेजनारायणको बारेमा कर्मचारी संघ÷संगठनभित्र चर्चा चल्ने गरेको छ । ‘कर्मचारी हुनु त तेजनारायण यादवजस्तो’ भन्दै कर्मचारीहरूभित्रै चर्चा चल्ने गरेको छ । तेजनारायण यादवले करोडौँ कमाएको समाचार सूत्रले बताएको छ । तेजनारायण यादवको सम्पत्ति कसैले छानबिन गर्न सक्दैन किनकी तेजनारायण यादव सबै ठाउँमा सेटिङ मिलाउन खप्पिस कर्मचारी मानिन्छ । जसरी तत्कालीन भौतिक तथा यातायात र तत्कालीन गृहमन्त्री भएका विजय गच्छदारले जतिसुकै भ्रष्टाचार गरे पनि उनले सिस्टम मिलाएर खाने गरेका थिए । उच्च तहका राजनीतिक दलका नेता, अख्तियारका कर्मचारी, राष्ट्रिय सतर्कता केन्द्रसम्मलाई सेटिङ मिलाएर खाने गरेका थिए । उनले सिस्टम मिलाएर खाएको कारण भ्रष्टाचार मुद्दा लाग्नबाट बचेका थिए । उनीसितै भ्रष्टाचार गर्ने गोविन्दराज जोशी, खुमबहादुर खड्का, चिरञ्जीवी वाग्ले, जेपी गुप्ताजस्ता व्यक्तिहरू भ्रष्टाचार काण्डमा जेल परेका थिए भने विजय गच्छदार बच्न सफल भएका थिए ।
अहिले बालुवाटार काण्डमा फसेपछि भूमिगत भएका उनी नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । नेपाली कांग्रेसको सरकार बनेपछि विशेष अदालतबाट १० लाख धरौटी राखेर निस्कन सफल भएका थिए । यस्तै, लुम्बिनी प्रदेशका यातायात कार्यायका तेजनारायण यादवले त्यही फर्मुला प्रयोग गरेका छन् । उनले जति भ्रष्टाचार गरे पनि कसैले उनलाई छुन सकेका छैनन् । पहिला वाग्मती प्रदेशको एकान्तकुनामा बसेर हेवी इक्वीपमेन्ट र एक्साभेटरको लाइसेन्स वितरण गरेर १ लाखदेखि १ लाख ५० हजारसम्म लिने गरेका थिए । त्यसपछि उनी पोखरा यातायात कार्यालयमा बसेर गोरखधन्दा चलाएका थिए । पछि २९ महिना भ्रष्टाचार गरेको आरोपमा ‘सस्पेन्ड’मा राखेर मुद्दा चलाइएको थियो । न्यायाधीशलाई लाखौँ घुस दिएर उनले सफाइ पाएका थिए । अहिले लुम्बिनी प्रदेशमा बसेर मुख्यमन्त्रीसम्मलाई गुमराहमा राखी सचिवलाई फसाउने दाउमा तेजनारायण यादव लागेका छन् । तेजनारायण यादवजस्ता कर्मचारी नेपालमा गनेर साध्य छैन । यसरी भ्रष्टाचार गरेर कमाएको पैसाले राजनीतिक दलका नेतादेखि उच्च अदालतका न्यायाधीश, अख्तियारका कर्मचारीसँग साँठगाँठ गरी कारबाही बच्दै आएका छन् ।
तेजनारायणजस्ता मात्रै छैनन् नेपालमा । चावहिल मालपोत कार्यालयमा कार्यरत खरिदार लक्ष्मण बस्नेत एउटै कार्यालयमा १६ वर्षसम्म बसेर अकुत कमाएको आरोप लाग्दासमेत कारबाही हुन सकेको छैन । यस्ता व्यक्तिलाई राज्यका उच्च निकायले छानबिन गरी कारबाहीको दायरामा ल्याउन सकेको छैन । यो हो त केवल केही भ्रष्टाचारका उदाहरण हुन् । यस्ता भ्रष्टचार गरी कमाएको र आयस्रोत नखुलाएका कर्मचारीको नाम त कति छन् कति । सबैभन्दा बढी भ्रष्टाचार हुने अड्डामा जागिर र वर्षौंवर्षसम्म बस्ने कर्मचारीको सम्पत्ति सम्बन्धित निकायले खोज्ला त ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *