राजाको गीत गाउँदा राजेन्द्र भुतुक्कै !

समाचार

काठमाडौं । मसानघाटमा जलेको लास पुनः फर्कंदैन भनेझैँ नेपालको राजनीतिले ३४० वर्षको राजतन्त्र समाप्त गरे पनि पूर्वपञ्चहरू राजाकै गीत गाएर राष्ट्रियताको रक्षा हुनसक्छ भन्ने एजेण्डामा रमाउँदा परिवर्तनकारी शक्ति माओवादी, एमाले र नेकपा समाजवादीका अध्यक्षहरू प्रचण्ड, केपी ओली र माधव नेपालले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनको झाँको झारेका छन् ।
नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा शुभकामना दिन गएका राप्रपाका नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले हिन्दू धर्म र संवैधानिक राजतन्त्रको औचित्य देखाउँदा नेकपा पक्षधर तीन पार्टीका तीन अध्यक्षले प्रतिकार गरे । तर, आयोजक कांग्रेसले भने कुनै प्रतिवाद गरेन ।
मौका र स्थानअनुसार कांग्रेस र एमालेको नेतृत्वलाई खेलाएको राप्रपाका नेता राजेन्द्र लिङ्देनले एमालेका अध्यक्ष केपी ओलीसँग झापाको क्षेत्र नं. २ मा चुनावी तालमेल गरेका थिए । उनले पार्टीको अस्तित्व बचाएका थिए । उता चितवनको क्षेत्र नं. ३ मा कांग्रेसले राप्रपाका विक्रम पाण्डेलाई सहयोग गरेको थियो । तर, त्यहाँ पाण्डे माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग चुनाव हारेका थिए । अब चुनावमा एमाले अध्यक्ष केपी ओलीले माओवादी अध्यक्ष प्रचण्डलाई चुनाव जित्न राप्रपाका विक्रम पाण्डेलाई क्षेत्र नं. ३ दिएर क्षेत्र नं. १ र २ मा एमालेका उम्मेद्वार जिताउने दाउ रच्दैछन् । कांग्रेसको १४औँ महाधिवेशनमा सहभागी नेताहरूको भनाइ सुन्दा लाग्छ लोकतन्त्रका रक्षा गर्न एक ठाउँमा हुनुपर्छ । तर, राप्रपाका लिङ्देन र लोकतान्त्रिक समाजवादी पार्टीका महन्थ ठाकुरको गतिविधिप्रति धेरैले टिकाटिप्पणी गरेका छन् । जसको जनाधार छैन, त्यसैले गणतन्त्रमा राजतन्त्रको ठाउँ खोज्छ, जो सत्तामा बस्छ मधेशका नागरिकलाई नेपाली नागरिकता दिनको लागि सिन्को समेत भाँच्दैन । त्यसले निम्ता लिएर जाँदा एमालेको मञ्चमा पनि विद्रोहकै कुरा गर्छ । नेपाली कांग्रेसको मञ्चमा पनि घुक्र्याउँछ । नेकपा एमालेका अध्यक्ष केपी ओलीको सरकारमा महन्थ ठाकुरको टोलीका राजेन्द्र महतो, शरदसिंह भण्डारी, अनिल झाजस्ता मधेसी जनताको नाममा सत्तामा गएर नागरिकता दिने कामको एजेण्डा भने दरिलो ढंगले उठाउन सकेनन् ।
राप्रपाको अध्यक्षमा राजेन्द्र त आए, तर टिममा उनको बहुमत छैन । कमल थापा गाइडेड राप्रपाको नेतृत्वलाई पूर्व राजा ज्ञानेन्द्रले बधाई दिँदा आफूलाई हराउन ज्ञानेन्द्रका सचिव डा. फणि पाठक, डा. फणिन्द्र तिमिल्सिना टुप्पी कसेर लागेको कुराको भण्डाफोर कमल थापाले गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *