अधिकांश ठाउँमा खोलिएका गेष्टहाउस र भट्टीपसलले विकृति फैलाउँदै, नेपाल प्रहरी गुमनाम

राजनीति समाचार

काठमाडौं । नेपालमा राजनीतिक अस्थिरताको कारणले जताततै भताभुङ्ग भएको छ । उद्योग, धन्दा, व्यापार, व्यवसाय र कलकारखानाहरु बन्द भएका छन् । यसरी उद्योग धन्दा बन्द भएपछि देशमा बेरोजगारीको समस्या बढेको छ । रोजगारी नपाएपछि अहिले अधिकांश शहरदेखि गाउँ, टोल, नगरभित्र विभिन्न खाले विकृति, विसंगतिहरु फैलिँदै गएको छ ।

कतिपय ठाउँमा बाह्रमासे जुवा, तास खेलाइरहेका छन् भने स–साना भट्टी पसलहरुमा खुलमखुला रुपमा बिहानैदेखि लोकल ठर्रा बिक्रीवितरण गरी टोलबस्तीमा होहल्ला र झैझगडा हुने गरेका थुप्रै घटनाहरु घट्ने गरेका छन् । घरमा श्रमान–श्रीमतीबीच झगडा हुने र छोड्पत्रसमेत हुने गरेका थुप्रै उदाहरण छन् । यसले गर्दा अहिले अधिकांश महिलाहरु भट्टीपसलमा गएर मदिरा सेवन गर्ने र परपुरुषसँग लाग्ने गरेका छन् । त्यो मात्रै नभएर अर्धनग्न भएर टिकटक भिडियो बनाउने र पोष्ट गर्ने गरेको पाइन्छ ।

कतिपय महिलाले त भाइरल हुने नाममा अस्लिल भिडियोसमेत बनाउने र पोष्ट गर्ने गरेका छन् । यसरी टिकटकबाट लाइभ बसेर विभिन्न पुरुषसँग चिनजान गर्ने, साथी बनाउने र होटल, रेष्टुरा, गुष्टहाउसमा गएर मोजमस्ती गर्ने जस्ता काम पनि हुने गरेको छ । त्योसँगै भट्टी पसलहरुमा बाहिरबाट पर्दा लगाउने र भित्र गोप्य कोठा बनाएर यौन धन्दा समेत चलाउने गरेका घटना पनि त्यत्तिकै छन् । कतिपय अधबैसे महिलाहरुले त महंगामहंगा फ्याट भाडामा लिएर यौन धन्दा चालाउने गरेको सर्वसाधरणको गुनासो छ ।

त्यसरी सञ्चालन गरेका ट्टीपसलहरुले राजस्व भने तिरेको पाइँदैन । अझ यस्ता भट्टी पसलमा विभिन्न ठाउँबाट अखाद्य वस्तुसमेत मिसावट गरेर पारिएका रङ्गीविरङ्गी रक्स ल्याउने र खुलमखुला रुपमा विक्रीवितरण गर्ने गरिएको छ । त्यसले मानिसको जीवनमा पार्ने नकारात्मक प्रभावको बारेमा कुनै निकायले खोजी गरेको छैन । प्रहरी प्रशासन र सम्बन्धित वडा कार्यालयहरु यस्ता विकृति विसंगति रोक्नुपर्नेमा उल्टै देखेको नदेखेकै गरेर बसेको पाइन्छ । त्यसैगरी अहिले अधिकांश स्थानमा गेष्ट हाउस खोलेर विभिन्न अवैध धन्दाहरु चलाइरहेको पाइन्छ ।

त्यस्ता गेष्ठहाउसहरुमा यौन धन्दा हुने गरेको बताइन्छ । त्यस्तो धन्दा खासगरी कोटेश्वर, एयरपोर्ट आसपास, गौशाला, चाबहिल, गोपीकृष्ण हल आसपासका एरिया, बालाजु बसपार्क एरिया, कलंकी, सितापाइला, ठमेल, गंगपु, बसुन्धरा, बागबजार, बालकुमारीदेखि ग्वार्खु, एकान्तकुना लगायत उपत्यकाका विभिन्न स्थानमा खोलिएका अधिकांश होटल, लजमा दिउँदै यौन धन्दा सञ्चालन हुने गरेको स्रोतको भनाइ छ ।

यस्ता होटेल, गेष्टहाउसहरुमा बाहिर खानबस्नको लागि राम्रो व्यवस्था छ भनेर लेखिएको हुन्छ, भित्र गएपछि अर्कै धन्दा चलाउने गरेको पाइन्छ । यसरी अवैध गतिविधि सञ्चालन गरी पैसा कमाउनेहरुलाई प्रहरी प्रशासनले पक्राउ गरी कारबाहीको दायरामा ल्याउनुपर्ने ठाउँमा उल्टै प्रहरीको पनि त्यस्ता कार्यमा मिलेमतो रहने गरेको सर्वसाधारणको गुनासो रहेको छ ।(तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *