काठमाडौं । बैतडीको ग्रामीण क्षेत्रका महिलामा प्रजनन प्रणालीमा समस्या देखिएको छ ।
पाटन नगरपालिकामा सञ्चालित यौन तथा प्रजनन स्वास्थ्य शिविरमा सहभागी भएका अधिकांश महिलामा सङ्क्रमण अर्थात् पीआईडी समस्या देखिएको हो । पाटन नगरपालिकाका तीनवटा स्वास्थ्य संस्थामा सञ्चालन गरिएको शिविरमा उपचारमा आएकामध्ये ५० प्रतिशत महिलामा पीआईडी समस्या देखिएको पाटन प्राथमिक स्वास्थ्य केन्द्रले जनाएको छ ।
तीनै ठाउँमा झन्डै पाँच सय महिलाले सेवा लिएका मध्ये आधामा पाठेघरमा मासु पलाउनु, हर्मोनको गडबडी र असुरक्षित यौन सम्पर्कलगायत कारणले प्रजनन प्रणालीमा सङ्क्रमणको समस्या देखिएको छ ।
यस्तै शिविरमा उपचारका लागि आएकामध्ये २५ प्रतिशत महिलामा पाठेघरबाट असामान्य रूपमा रक्तश्राव हुने समस्या देखिएको स्वास्थ्यकर्मीको भनाई रहेको छ ।