काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा ‘टेरिफ वार’ चलिरहँदा तेलको मूल्यमा गिरावट आएको छ।
सोमबार तेलको मूल्य घटेर ६० डलर प्रतिब्यारेल भएको हो । अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावटका कारण रुसको राजस्वसमेत घटेको मिडिया रिपोर्ट सार्वजनिक भएको छ ।
युक्रेनसँगको युद्ध सुरु भएपछि रुसको अर्थ व्यवस्था मूल रुपमा तेल, उर्जा र खनिज पदार्थको निर्यातमा निर्भर छ । पश्चिमी मुलुकले प्रतिबन्ध लगाएपनि रुसलाई समस्या छैन । तर, ट्रम्पको टेरिफका कारण रुस दबाबमा रहेको मिडिया रिपोर्टले सार्वजनिक गरेको छ । यता रुसको ‘युरल्स ओयल’ को मूल्य खस्किएर ५० डलर प्रतिब्यारेलमा झरेको छ ।

