राजनीति नियुक्तीमा कुमार बेनको हालिमुहाली

राजनीति समाचार

काठमाडौं । पूराना दलले लुटे, खाए सकाए भन्दै नयाँ दल सत्तामा आएपछि प्रधानमन्त्री र मन्त्रीको सचिवालयकै कारण अनेकन आलोचना खेपिरहेको रास्वपा सरकार नियुक्तिमा नाङ्गै हुन पुगेको छ । सैनिक पृष्टभूमिका व्यक्तिलाई बागमती सभ्यता एकीकृत विकास समितिमा नियुक्त गरेको सरकारले उमेरले ८० बर्ष पूरा भएका व्यक्तिलाई नेपाल वायुसेवा निगममा नियुक्ति गरेको छ । यस अघि विवेकशील साझामा रहेका किशोर थापा ६७ बर्ष उमेर पुगेका व्यक्तिलाई त्रिभुवन विश्वविद्यालय सेवा आयोग अध्यक्ष बनाइएको छ भने नेपाल दूरसञ्चार प्राधिकरणमा नियुक्त भएका अर्जुन घिमिरेलाई क्याविनेट बैठक चल्दाचल्दै गरेको नियुक्तिदेखि रास्वपा सभापति रवि लामिछानेकै सहकर्मी गोरखापत्र संस्थानमा नियुक्ति पाएका छन् । निजामती अस्पतालको कार्यकारी निर्देशकदेखि राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण, विद्युत नियमन आयोगको अध्यक्षको समेत नियुक्ति विवादमा परेको छ ।

पछिल्ला नियुक्ति पारदर्शीता नभएको आवाज प्रतिस्पर्धीहरूबाटै उठ्न थालेकाले सिफारिस समितिमाथि प्रश्न उठ्न थालेको छ । हरेकजसो नियुक्तिमा योग्यता र क्षमताभन्दा निकटतालाई प्राथमिकता दिएसँगै अहिले यस बारे चौतर्फी प्रश्न उठिरहेका छन । यस्तै विकृती देखेरै हुनुपर्दछ जेनजीहरु खुलेआम भन्न थालेका छन्, हिजो हामी अटोक्रेसीविरुद्धको नारा लगाउँदै आज यहाँसम्म आइपुगेका हौं, आज धेरै सरकारी संस्था होस् या ठूला ठूला नियुक्तिमा मेरिटोक्रेसी (योग्यताक्रम) होइन अटोक्रेसी (निरंकुशता)देखिन्छ ।

अध्यादेशको बलमा १५५० को पेटमा लात्ती हानेर सरकारले किस्ता किस्तामा विभिन्न निकायमा नियुक्ति प्रक्रिया अगाडि बढाइरहेको छ । तर ऐन, नियम कुल्चिएर जान्नेलाई छान्नेहरुले आफ्ना आसेपासे, दल निकटका नातेदारहरुलाई लाभको पदमा तान्ने कामले निरन्तरता पाइरहेको छ । हालैमात्र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेती नियुक्त भएका छन् । मन्त्रिपरिषद्को ६ साउनको बैठकमा प्राधिकरणका कार्यकारी प्रमुखमा नियुक्त भएका हुन । उनी जलवायु विपत् विज्ञ रहेका उप्रेति पाँच वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । खुला प्रतिस्पर्धाबाट र मेरिटोक्रेसीको आधारमा नियुक्त भएको भनिए पनि बढी अंक प्राप्त गर्ने तीन उम्मेदवारलाई फालेर कम अंक पाउनेलाई प्राधिकरणको कार्यकारी प्रमुख नियुक्त गरिए छ ।

२५ अंक ल्याएका ३ प्रतिस्पर्धीलाई जिल्याउँदै २४ नम्बर पाएर उप्रेती विपत् प्राधिकरणको प्रमुख बन्न पाएका छन् । सिफारिस समितिको मूल्यांकन सूचीमा आठौँ स्थानमा रहेका उनी अन्य प्रतिस्पर्धीको भन्दा कम अंक पाएका थिए । सरकारले उनैलाई प्राधिकरणको प्रमुखमा नियुक्त गरेको हो । उता देवराज ढुङ्गनालाई सुरक्षण मुद्रण र रामप्रसाद धिताललाई किन र के का आधारमा दोह्राएर नियुक्ति दिएको हो ? सो को जबाफ रास्वपा सरकारले पेश गर्न सकेको छैन । यस अघि अयोग्य, दलका झोले भन्दै फालिएका पात्र हुन् यी दुबै । धितालले उर्जा मन्त्रालय मातहतको निकायमा नियुक्ति दिइएको छ ।

सार्वजनिक निकायका सदस्य तथा पदाधिकारी नियुक्ति तथा मनोनयनसम्बन्धी मापदण्ड, २०७३ ले भन्छ कुनै पनि निकायको कार्यकारी प्रमुख नियुक्त हुने व्यक्तिको उमेर ३० वर्ष पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्दछ तर ६८ नाघेका किशोर थापा विवेकशील साझाका कमाण्डर भएकै कारण त्रिवि सेवा आयोगमा ८० वर्ष हाराहारीका महेश्वरभक्त श्रेष्ठ वायुसेवामा नियुक्ति दिनुको कारण खुलिसकेको छैन । प्रधानमन्त्रीका सल्लाहकार कुमार बेनका सहोदर दिदी सिद्धिलक्ष्मी व्यञ्जनकारले नेपाल पञ्चांग निर्णायक विकास समितिको सदस्यमा नियुक्ति पाएकी छिन् भने गत १९ चैतमा कुमारकै सहोदर दाजु ५५ वर्षीय सिद्धि व्यञ्जनकार शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलका प्रमुख सल्लाहकारका रुपमा कार्यरत छन् ।

गत वैशाख ३० गते पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिको कार्यकारी अध्यक्षमा डा आनन्दसिंह भाटलाई नियुक्ति दिँदा पहिलाको सूची संशोधन भएको बिषय आलोचित बन्दै आएको छ । प्राधिकरणकै कर्मचारी अर्जुन घिमिरेलाई अन्य प्रतिस्पर्धीहरूको अन्तर्वार्ता चलिरहेको बेलामा मन्त्रिपरिषद्ले २४ असारमा अध्यक्ष नियुक्त गरेको बिषय यस अघि नै तामाकोशी सन्देशले प्रकाशित गरिसकेको छ । निजामती अस्पतालको कार्यकारी निर्देशकमा प्रदीप परियारको जोडबलमा सचिव मदन भुजेलले डा जितेन्द्र परियारलाई नियुक्ति पत्र थमाएका छन् ।
०००

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *