केयुकेएलका सिईओ पौडेलको लापरबाहीपनले खानेपानी उपभोक्ता मारमा

राजनीति समाचार

काठमाडौं । प्रदीप यादव खानेपानी मन्त्री भएको पनि पाँच महिना नाघिसकेको छ । तर, सर्वसाधारण जनताले मेलम्चीको पानी सर्वसुलभ पाउन सकेका छैनन् । मन्त्री यादव आफ्नै पार्टीको प्रचारप्रसार गर्ने र राजनीतिक सौदावाजीमै व्यस्त छन् । कागमाडौं उपत्यकाभित्र खानेपानीको पाइप फुटेर जताततै छताछुल्ल भइरहेको छ । खानेपानीको पाइप फुटेर सडक हिलाम्मे हुँदा पनि चुहावट भएको पानी नियन्त्रण गर्न सकेका छैनन् । काठमाडौं उपत्यका खानेपानी लिमिटेडका सिईओ अशोक कुमार पौडललाई खानेपानीसम्बन्धी कुनै जानकारी छैन ।

पौडेल नेपाल राष्ट्र बैंकका पूर्व कर्मचारी हुन् । उनी एमालेको कोटाबाट उपत्यका खानेपानी लिमिटेडमा आएका हुन् । पौडेल सिइओ खानेपानीको काम भन्दा मिटिङ राखेर भत्ता बुझ्ने र मासिक तलब खानेबाहेक कुनै काम गर्न सकेका छैनन् । खानेपानी सञ्चालक समितिको संयोजक रमाकान्त दुवाडी रहेका छन् । दुवाडी खानेपानी मन्त्रालयमा सहसचिव रहेका छन् । अर्का कानुनसम्बन्धी हेर्ने उपसचिव पनि रहेका छन् त्यो समितिमा । खानेपानी बोर्डमा काठमाडौं महानगरपालिकाबाट वसन्त आचार्य र सुरज शाक्य रहेका छन् । त्यस्तै ललितपुर महानगरपालिकाबाट श्री कुमार महर्जन रहेका छन् ।

उता चेम्बर अफ कमर्शबाट कमलेश अग्रवाल केयुकेएलका बोर्ड अध्यक्ष रहेका छन् । उनीहरुले मिटिङ बस्ने र भत्ता खाने बाहेक खानेपानीसम्बन्धी कुनै काम गरेका छैनन् । समितिमा रहेका व्यक्तिहरुले उपत्यका खानेपानी बोर्ड भित्र रहेका अधिकांश शाखा कार्यालयहरुलाई खानेपानी व्यवस्थापनको लागि बजेट नदिएर हैरानी पारिरहेका छन् । बोर्डले बजेट दिन नसकेपछि शाखाका कर्मचारीहरुले पनि तलब भत्ता खानेबाहेक अन्य काम गर्न सकेका छैनन् ।

उपत्यकाभित्र खानेपानीको चरम अभाव भइरहँदा मन्त्री यादवले त्यतातिर ध्यान दिएका छैनन् । अधिकांश ठाउँका पुराना पाइप फेरेर नयाँ जडान गर्नुपर्ने ठाउँमा त्यो पनि गर्न सकेका छैनन् । कांग्रेस र एमाले दुई ठूला दलको सरकार बन्दा पनि उपत्यकाभित्रको खानेपानी अभाव यथावत् नै छ । पाइप बिछ्याउने नाममा जताततै खाल्डाखुल्डी बनाइएको छ । पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने क्रम जारी छ । सम्बन्धित मन्त्री र मन्त्रालयका कर्मचारीहरु बेखर बनिरहेका छन् । विकास निर्माणको काममा भन्दा पनि उनीहरु विदेश भ्रमण गर्ने, मोजमस्तीमा रमाउने र राज्यको ढुकुटी रित्याउन लागिपरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *