खेलकुदप्रति सरकार उदासिन

राजनीति समाचार

काठमाडौं । नेपालको खेलकूदप्रति सरकारले खासै ध्यान दिएको देखिँदैन । सरकारको उदासिनता हुँदाहुँदै पनि एनपिएलले क्रिकेटमा देखाएको उत्साहले स्वदेशदेखि विदेशसम्म उत्साह छाएको छ । क्रिकेट खेल्ने खेलाडीहरुले नेपाली समाजमा खेलकूदप्रति आशा जगाइदिएका छन् । गत शनिबार सम्पन्न एनपिएलले क्रिकेट प्रेमीहरुलाई संसारबाट हर्न वाध्य बनाएको थियो । स्वदेशदेखि विदेशसम्म रहेका नेपालीहरुले होटल, रेष्टुरेन्टमा बसेर नेपालीको क्रिकेट खेल हेरिरहेका देखिन्थे ।

सो खेलले आर्थिक गतिविधि बढाउनको लागि मद्दत पु-याउने काम गरेको छ । त्यस्तै भलिबल, चेस, फुटबल, ब्याटमिन्टनजस्ता खेलाडीहरुले पनि एनपिएलले गरेजस्तै मेहनत गरेको खण्डमा देशमा छाइरहेको आर्थिक मन्दि केहि कम हुने देखिन्छ । तर सरकारले यस्ता विषयमा ध्यान दिएको पाइँदैन । सरकारको काम राजनीति नियुक्ति गर्ने र कार्यकर्ता पालनपोषण गर्न केन्द्रित भएको देखिन्छ । नेपालको धर्मसंस्कृतिअुनसार खेलाउनुपर्ने खेलहरु सरकारले खेलाउन सकेको छैन ।

खेलाडीप्रति लगानी गर्न सकेको छैन । खेलाडीहरुले पनि उत्साह र जोशको साथ खेल खेल्न सकेका छैनन् । यस्ता खेलाडीहरुलाई सरकारले प्राथमिकतामा राख्नुपर्नेमा त्यो गर्न सकेको छैन । त्यस्तै, टेक्वान्दो, कराते, बक्सिङ जस्ता खेलहरुलाई प्राथमिकतामा राख्न सकेको छैन । जतिपटक सरकार फेरिन्छ । त्यति नै पटक खेलकूद मन्त्री फेरिन्छन् । खेलकुद मन्त्री फेरिए तापनि नेपाली खेलाडीहहरुलाई आवश्यक पर्ने सामग्रीहरु उपलब्ध गराउन सकेको छैन । बरु उल्टै क्लबसँग मिलेमतो गरेर खेलाडीको नाममा विदेश भ्रमण गर्ने र राज्यको ढुकुटी सिध्याउने भन्दा अन्य काम हुन सकेको छैन ।

कतिपय नेपालका खेलाडीहरु खेलमा पोख्त भए तापनि उनीहरुको वृत्तिविकास र आर्थिक अवस्थाले गर्दा उनीहरु विदेशिन बाध्य भएका छन् । खेल खेल्न सक्ने प्रशिक्षार्थीहरुलाई खेलको तालिम दिन सकेको छैन । स्थानीय, प्रदेश र संघ सरकारले खेलकूदको नाममा बजेट छुट्याए तापनि सही ढंगले उपयोग हुन सकेको छैन । खेलाडीको नाममा छुट्याइएको बजेट विभिन्न दलनिकट कार्यकर्ता, क्लबका अध्यक्ष र सदस्यहरु मिलेर झ्वाम पार्ने भन्दा अन्य काम हुन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *