काठमाडौं । कोशी प्रदेश सरकारले भारतीय पर्यटकको सहजताका लागि नाकामा सुरक्षा जाँच कार्ड बाँड्ने भएको छ ।
२०८२ साललाई पर्यटन वर्ष घोषणा गरेसँगै कोशी सरकारले पर्यटक भित्र्याउनका लागि रुट परमिट र सुरक्षा जाँचको कार्ड बाँड्ने योजना ल्याएको हो ।
नेपाल प्रवेश गर्ने नाकामा स्टिकर टाँसेपछि पर्यटक बस वा अरु भारतीय सवारीलाई अन्य स्थानमा सुरक्षा जाँचका लागि रोकिनुपर्ने छैन । यसरी बाँडिने कार्डमा ‘कोशी प्रदेश पर्यटन वर्ष-२०८२, विदेशी सवारीसाधनको अस्थायी रुट इजाजत पत्र तथा सुरक्षा जाँच कार्ड’ लेखिएको छ ।
भारतीय पर्यटकले नेपालमा धेरै स्थानमा सुरक्षा जाँचका नाममा दुःख दिने गरेको गुनासो गरेपछि पर्यटकका सवारीलाई सीमा नाकाबाहेक बाहिर सुरक्षा जाँच नगर्ने गरी नाकामा सुरक्षा जाँच र रुट परमिट कार्ड आजबाट वितरण थालिएको छ।