पाथिभरा केवलकार नबन्दै लुट

राजनीति समाचार

काठमाडौं । स्वार्थको व्यापारमा धार्मिक स्थल पनि बाँकी राखेका छैनन् । पशुपतिको भेटीसम्म खाने सत्ताका प्यादाहरूले पाथिभरा केवलकारका नाममा जमिन खरिद गरेदेखि नै कुम्ल्याउन थालेको रहस्य ताप्लेजुङका अधिवक्ता शंकर लिम्बुले बताएका छन् । लिम्बुका अनुसार आठ लाखमा खरिद गरिएको ६४ रोपनी जमिन पाथिभरा विकास समितिले २६ करोड २० लाख मूल्याङ्कन गराएको छ ।

ताप्लेजुङका सांसद योगेश भट्टराईदेखि प्रधानमन्त्री केपी ओलीसम्मको जोडबलमा केबलकार निर्माण गने योजना बनाइएको थियो । चन्द्र ढकालको ग्लोबल बैंकले सो केवलकार लगानी गर्ने तयारी अनुसार नगरपालिकाका मेयरलाई भवनको शिलान्यास गराएको थियो । अहिले केवलकार पक्षधर सरकार चन्द्र ढकालको पक्षमा छ । जनताले नो केवलकार भनेका छन् । स्थानीय जनतालाई व्यवस्था गर्दा अहिले विवाद भएको हो । अहिले पूर्वमा पहिचानवादीको आन्दोलन जारी छ । भोलिका दिनमा पर्ने असर कस्तो हुन्छ, यकिन छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *