काठमाडौं । प्रमुख विपक्षी दल नेकपा माओवादीले आन्तरिक रूपमा पेशागत संघसंस्थाहरूमा जनयुद्धसँग कहीँ न कहीँ जोडिएका पात्रलाई मात्र संगठनको नेतृत्व सुम्पने व्यवहार देखाएका कारण प्रेस सेन्टरमा नेताको खडेरी देखिँदैछ । पत्रकारिताको क्षेत्रमै नभएकाहरु प्रेस सेन्टरको नेता बन्न पाउँदा सञ्चारसम्बन्धी विषयभन्दा बम बोकेको, घमण्ड देखाएर चन्दा उठाएको योग्यता देखाए । लेखेर खाने पत्रकारहरु प्रेस सेन्टरबाट बाहिरिनुपर्ने अवस्था आउँदैछ । यो स्थिति नेतृत्वले देखेको छैन ।
पार्टी अध्यक्ष प्रचण्डले विद्यार्थीमा जस्तै प्रेस सेन्टरमा पनि नेतृत्व छनौटको दाउ गर्दैछन् । पूर्व संयोजक एवं पत्रकार महासंघका पूर्व अध्यक्ष गोविन्द आचार्य अध्यक्ष प्रचण्डको सचिवालयमा नियुक्ति लिन, प्रेस सेन्टरकै अध्यक्ष प्रचण्डको सचिवालयबाट राष्ट्रिय सभा अध्यक्षको सचिवालयमा जागिर खान जानुले सेन्टर दरिलो नेतृत्वको चन्दाका लागि व्यापारीलाई धम्काएको आरोप छ । त्यस्तो भयो भने सेन्टरको सेखी झर्छ । पत्रकार महासंघमा सेन्टरको उपस्थिति बलियो छ ।
सेन्टरको उपत्यका प्रदेश सम्मेलन स्थगित गराउने जुन खेल खेलिएको थियो । जबकि केन्द्रीय समितिको बैठकले अनलाइन फर्म नभरेकाहरूलाई निर्वाचन समितिले स्वीकृत गरेका आधारमा सदस्यतालाई मान्यता दिने कुरा केन्द्रमै अलमलियो । अनलाइन सेन्टरमा सदस्य समेट्न सक्थ्यो । तर यहाँ षड्यन्त्र भयो उपत्यका अधिवेशन रोकियो । मनोज घर्ती मगर र लक्ष्मण खड्का, कमल गिरीहरूको अध्यक्ष हुने अपेक्षामा तगारो लाग्ने अवस्था छ ।