गृहमन्त्रीको साखः खस्किँदै

राजनीति समाचार

काठमाडौं । नेहा रौनियार र सत्येन्द्ररामको माया प्रेममा व्यापारिक फण्डा चलाएर कांग्रेसका गृहमन्त्री र प्रहरी आईजीपीले चलाएको दमन चक्र उल्टो प्रहार भएको छ । संविधान विपरीत सरकारी संयन्त्र लगाएर कानुनी रूपमा वैधता पाएका किशोर किशोरीमाथि जसरी सरकार लाग्यो, त्यसले लोकतन्त्रको धज्जी उडाएको छ ।

कांग्रेस र एमालेमा बलात्कारी, परस्त्री प्रेमी, बहुपत्नी प्रेमी, तस्कर र भ्रष्टको रजगज हुँदा त्यस्तै व्यवहारले नेतृत्व गरेको सरकारले दिने न्याय कस्तो होला ? पहिले सत्येन्द्ररामका पिता प्रहरी सईलाई बिदा नदिने प्रहरी आइजीपी लज्जित भएपछि एक साताको बिदा दिएर छोरा बुहारीको संरक्षण गर्न पठाउनुले कांग्रेसको हालत कसतो छ, छर्लंग भएको छ । एमालेको ओली पथ त्यही डिजाइनको एक खम्बा हो भन्ने कुरा त्यहाँ बलात्कारीमाथि कारबाही नहुनु पनि हो ।

गृहमन्त्री रमेश लेखकविरुद्ध संसदमा छानबिन समिति गठन गर्नुपर्ने आवाज उठेपछि नेपाली कांग्रेस तर्सियो । कांग्रेसमा यस्तो मौकाको फाइदा उठाउने धेरै छन् । मुलुकको बारेमा शेरबहादुर देउवालाई केही चासो छैन ।

देशमा के भएको छ उनी पत्तो पाउँदैनन् । मात्र नमा छैठौं पटक प्रधानमन्त्री कसरी बन्न सकिन्छ भन्ने छ । देउवा यो मुलुकको प्रधानमन्त्री बन्नु र नबन्नुमा अर्थ छैन । देउवालाई श्रीमती आरजु राणालाई पार्टीको उपसभापति कसरी बनाउन सकिन्छ भन्ने हुन्छ । यो मुलुकमा कांग्रेस र एमालेको पार्टी नेतृत्वलाई लोकतन्त्र निरंकुुश पञ्चायत जस्तै लाग्दो हो । तर समय तिनको काबुमा छैन । जातीयतामाथि प्रहार गर्ने सरकारलाई यो देश सँधै आफ्नै कब्जामा हुन्छ र भूमिसम्बन्धी ऐन फेरबदल गर्ने सुर गर्दा अध्यादेश संसदबाट अस्वीकार भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *