काठमाडौं । मह जोडी मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले आफूहरुका विरुद्धमा अनर्गल प्रचार गरिएको भन्दै आरोपको खण्डन गरेका छन् ।
यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर गरिएको प्रचारले अत्यन्त दुःखी बनाएको भन्दै उनीहरुले भिडियो सन्देश जारी गर्दै भ्रममा नपर्न आग्रह गरेका हुन् । श्रेष्ठले यूएसएडको पैसा लिएर धर्म परिवर्तन गराएको भनेर अनर्गल प्रचार गरिएको छ । यसले अत्यन्त दुःखी गराएको छ । संसारमा राम्रो पनि छन् नराम्रो पनि हामीले राम्रोमात्रै छानेर काम गर्दै आएका छौँ । रोगका विषयमा हामीले जनचेतना फैलाउने काम गरिरहेका समेते बताएका छन् । साथै आचार्यले आफूहरूले गरेका सबै काम युट्युबमा पनि राखिएको भन्दै ति सामग्री हेरेपनि आफूहरूमाथि लान्छाना मात्र लगाएको प्रस्ट हुने जिकिर गरेका छन् ।