काठमाडौं । राजनीतिक दलहरुको टुट–फुटको कथा बिराना कहिल्यै भएनन् । वामपन्थी वृत्तमा मौका मिलेसम्म सँगै बसेर लुट मच्चाउने स्वार्थ बाँझिएपछि पार्टी फुटाउने प्रवृत्ति हटेको छैन । हरेक वर्ष पार्टीहरु जोडिने र छुट्टिने गरेका छन् । गत चुनावमा ठूलो भाग खानेगरी माओवादीबाट चोइटिएको प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक जनार्दन शर्मा, डा. बाबुराम भट्टराई संरक्षक रहेको समाजवादी लोकतान्त्रिक पार्टीसँग एकता गरी चुनावमा जाँदा शर्माको जमानत बचेन ।
जनार्दनसँगै फुटेका सुदन किराती, हर्क साम्पाङको श्रम संस्कृतिसँग जोडिए भने राम कार्की अलपत्र भएका छन् । प्रचण्डसँग विद्रोह गर्ने हरिबोल गजुरेल र महेश्वर दाहालको स्थिति अलपत्र अवस्थामा छ । पार्टी फुट्ने र जुट्ने क्रममा रास्वपाबाट डा. बाबु रामसँग जोडिएका सन्तोष परियार आज जनार्दनतिर लागेका छन् भने डा. बाबुरामको साथमा अध्यक्ष दुर्गा सुवेदी, श्रीमती हिसिला यमी, छोरी मानुषी भट्टराई यमी, ज्वाइ गजेन्द्र श्रेष्ठ रहेका छन् । डा. भट्टराई भने वर्तमान सरकारको संरक्षक बन्दै राष्ट्रपति पदको पर्खाईमा छन् ।
उनी प्रधानमन्त्री बालेन्द्र शाह सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने काम खोस्दैछन् । विभिन्न आरोपमा बन्दी बनाइएकाहरुको मुद्दा फिर्ताको स्वीकृति, राष्ट्रिय सभाको एकजना सांसद स्वीकृति, राष्ट्रिय पर्व पारेर राज्यले दिलाउने पदबी तथा विभूषण सम्बन्धी अधिकार जस्ता कुरामा प्रधानमन्त्री केन्द्रित छन् । जबकी कार्यकारी सरकारले संवैधानिक अगंको नियुक्ति गर्दा सदर गर्ने राष्ट्रपतिले हो भन्ने सोच्न पाएका छैनन् ।
सरकारले पठाएको ऐन तथा विधेयकहरु स्वीकृत गर्ने राष्ट्रपतिलाई धम्क्याउने काम पनि भयो । अख्तियार, राष्ट्रिय मानव अधिकार आयोग र सर्वोच्च अदालतलाई समेत सरकारले धम्क्याएकै छ ।

