त्रिविमा उपकुलपतिविहीन हुँदा प्रशासनिक काममा समस्या

शिक्षा/स्वास्थ समाचार

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) उपकुलपतिबाट प्रा.डा. केशरजंग बरालले राजीनामा दिएपछि प्रशासनिक काममा समस्या आएको छ ।

चार वर्षको कार्यकाल भएपनि बरालले १३ महिनामै गत १५ चैतमा प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओली समक्ष राजीनामा पेश गरेका थिए । बरालको राजीनामा स्वीकृत भएपनि निमित्त उपकुलपति नहुँदा अहिले प्रशासनिक काम रोकिएको हो ।

बरालले नै नियुक्तिको लागि सिफारिस गरेका रेक्टर प्रा.डा. खड्ग केसी र रजिस्ट्रार प्रा.डा. केदारप्रसाद रिजाल छन् । बरालको राजीनामा पछि केसी र रिजाललाई पनि राजीनामा दिन दबाब परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *