डा.प्रकाशशरणमाथि अन्तर्घात नै अन्तर्घात

राजनीति

काठमाडौं । आफ्ना मान्छे बोक्ने पार्टीको आवश्यकता र कार्यकर्ताको चाहनामाथि प्रहार गर्ने गलत स्वभाव राजनीतिक नेतृत्वले हटाउन नसक्दा नेपाली कांग्रेसको महाधिवेशनमा पनि अन्तर्घातले ठाउँ पायो । देउवा टिमबाट महामन्त्री बनाइएका डा.प्रकाशशरण महत सत्तामा बस्दा मच्चाएको लुट ऊर्जामन्त्री बन्दा लोडसेडिङ बढाएर इन्भर्टर व्यापारीसँग उठाएको पैसाको काम यसपटकमा लागेन । देउवाका विश्वासप्राप्त गृहमन्त्री बालकृष्ण खाँड सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मात्र होइन, मोहन बस्नेत र उदयशमशेर जबरासम्मले महतलाई भोट मागेनन् । कांग्रेसमा नुवाकोटका च्यांग्रे महतका २ पुत्रका रामशरण महत र डा.प्रकशशरण महतलाई लगानी बिना फाइदा लिने अर्थशास्त्री भनेर चिनिन्छन् ।
सभापति देउवालाई पहिलो चरणको मत जाने थियो । यो प्रकाशलाई आएन । शेरबहादुर देउवा र उनको सचिवालय लुटको भण्डार हो । त्यही भण्डारका सदस्य थिए डा.प्रकाशशरण महत । युवा नेताहरू पूर्णबहादुर खड्का र धनराज गुरुङ उपसभापति भए । गगन थापा विश्वप्रकाशको हैसियत पनि देखियो । सिटौला देउवाको लागि खुलेर नै पछि लागे । तर, प्रदीप पौडेल पछारिएका छन् । सिटौला टिमका सहमहामन्त्री उम्मेद्वार उमाकान्त चौधरी थारु क्लस्टरबाट उम्मेदवार भएका हुन् । उनले निर्वाचन जिते । कांग्रेसमा रामचन्द्र पौडेलको हविगत पनि कार्यकर्ताले भने । विमलेन्द्र निधि प्रकाशमान सिंहजस्ताले पिताको नाम भजाएका थिए ।
डा.शशांकले सुरुमै सिंहलाई काठमाडौं खाल्डोबाहेक अन्यत्रबाट भोट आउँदैन भनेका थिए । नभन्दै सिंहले ३४७ मतमा सीमित हुनुप¥यो । विमलेन्द्रले प्रदेश २ को मत पनि पाएनन् । उनी २७३ मतमा सीमित भए । यी दुईले नेतृत्व परिवर्तनको गीत गाउँदा डा.शेखर कोइरालाको सुरुको मत १७०२ मा सिंह र निधिको मत गएको भए नेतृत्व परिवर्तनको गीत गाएको सुहाउँदैथ्यो । डा.शशांक नखुल्नु, सुजाता, प्रकाशमानको सति जानुले डा.शेखरले पराजय भोगेका छन् । यिनी दुवैले साथ दिएको भए २३२२ मतमा थप हुन सक्थ्यो । शेरबहादुरको सभापाति बन्ने रहर धुजा–धुजा हुने थियो । डा.प्रकाश शरण महतमाथि अन्तर्घात हुनु स्वभाविक थियो । किनकि डा.महत कांग्रेसमा निरन्तर भिडेको भए पनि नेतृतव र कार्यकर्ता भक्ति बालकृष्ण खाँडको पक्षमा थियो ।
कांग्रेसलाई क्रियाशील बनाउन देउवाले सक्दैनन् । यिनले आफू सभापति भएको ३ वर्षपछि मात्र विभाग गठन गरेका थिए । पहिला कोइराला गुटमा लागेकाहरूलाई देउवाले तानेका थिए । तर, अन्तरपाटी सुदृढीकरण भएको थिएन । रामचन्द्रको गनगन पनि अब सकिएको छ । डा.शेखरले ४० प्रतिशत भाग खोज्ने ठाउँ भयो । उनले उपसभापतिमा धनराज गुरुङ महामन्त्रीमा गगनलाई ल्याए । गुरुङ बालकृष्ण खाँडको तरुण दलकोे सभापति हुँदा महासचिव थिए । राजनीतिमा समयलाई समात्न सके ठाउँमा पुगिन्छ भन्ने कुरामा यसपटक खाँड केन्द्रीय सदस्य गुरुङ उपसभापति बन्नुले देखाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *