खानेपानी मन्त्री आरजु कि चोधरी ?

राजनीति

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चलाएको सरकारमा आफ्नी पत्नी डा.आरजु राणा र साला भूषण राणाको जगजगी चल्ने गरेको छ । देउवाले आफ्नो बनाएका डा.प्रकाशशरण महतलाई पार्टीको महाधिवेशनमा महामन्त्री दिएर चुनावमा थन्क्याउने योजना बनाएका छन् । यसपटक नेपाली कांग्रेसको तेस्रो धारले केही माखो मार्न सकेन । कृष्ण सिटौलाको प्रिय थारु क्लस्टरबाट उमाकान्त चौधरीले सहमहामन्त्री पद जितेका छन् । सिटौला कांग्रेसभित्र गणनामा पर्ने वातावरण बनेको छैन । सिटौलाको पछि लागेका प्रदीप पौडेल पनि गगन थापाले झैं कित्ता फेर्न बाध्य हुनेछन् ।
सिटौलाको कोटाबाट खानेपानी मन्त्री भएका उमाकान्त चौधरीलाई खानेपानी विभागका डिजी त्रिरेश खत्रीले पत्याएनन् । धामी थरका उपसचिवले अटेर गर्दा रातारात सहरी तिर जानु परेको छ । मन्त्री चौधरी आफैँ अन्योलमा परेका छन् । मेलम्चीको अन्यौल उस्तै छ । जाँदाजाँदै बिना मगरले ठेक्का लगाएको काम मेलम्चीसँग जोडिएको काठमाडौं र ललितपुर महानगरभन्दा बाहिरको योजनाहरूको हालत बुझ्ने आँट पनि छैन । डा.आरजुसँग जोडिएर देउवा र भानु देउवासँग उठबस गरेर डिजी हुन सकिन्छ । काम पूरा नहुँदै केपी ओलीलाई खुसी पारेर शिलालेख भित्तामा लेखाई हल्ला मच्चाएको परीक्षा अबका दिनमा तिरेश खत्रीहरूले कसरी दिन्छन् ?
मेलम्ची र पिआइडीमा बसेर भ्रष्टाचार गर्ने यी थिए । माधव बेलबासे त्यतिखेर सचिव थिए । यिनले बिना मगर मन्त्री हुँदा असम्भव कुरा सम्भव बनाएका थिए । त्रिरेश त्यतिखेर मेलम्ची गए । भोजविक्रम थापा पिआइडीमा प्रवेश गरेको ६ महिना बित्दा नबित्दै झण्डै ३८ करोडको ठेक्का दशैंको मुखमा लगाइयो । अहिले पिआइडीमा कमल श्रेष्ठ छन् । ठेक्का लगाउने एउटा काम लगाउने अर्काे हुँदा पनि ठेकेदारले त्यहाँ काम गर्न मानेका छैनन् । प्रोजेक्टहरूमा भैतिक रूपमा ढुंगा, माटो, बालुवा, रड, सिमेन्टमा आधारित हुँदा काम गर्ने भनेको मंसिर, पुस, माघ र फागुन हो । तर, मेलम्चीको काम शून्य अवस्थामा छ । मन्त्री उमाकान्तसँग बालुवाटारमा आरजु राणासँग जोडिएका कर्मचारीबाट काम लिन नसक्ने अवस्थामा छ ।
गफ दिँदै मन्त्री चौधरीलाई तर्साउने जमात पनि छ । मेलम्चीसँग जोडिएको इटालियन ठेकेदारले छाडेको पैसाबाट पेटी ठेकेदारले समयमा रकम नपाउनुमा माधव बेल्बासे र त्रिरेश खत्रीको हात थियो । श्रमिकको कुरा गरे पनि तत्कालीन मन्त्री बिना मगर कमिसन बिना अगाडि बढ्न सकिनन् । उनको बर्खास्तीले केही राहत मिल्यो सबै टुंगिएको थिएन । मन्त्री चौधरीलाई यो भित्री कुरा कसैले बताएका छैनन् । तर, पनि उनी मेलम्ची घुमे अनि फर्के । त्यहाँ जानु अगाडि जुन कुरा उनीमा त्यो हटाउने मौका भयो । यी मन्त्रीले तीन महिनामा मेलम्चीको पानी काठमाडौंमा झर्छ भनेर बोल्न कसरी सके । जबकि राष्ट्रिय गौरवको आयोजनाहरूको खर्च गर्दै काम सक्दै भुक्तानी गर्ने गरिन्छ । न त मेलम्चीको काम देखिएको छ, न त बाढीबाट प्रभावित जनताले राहत पाएका छन् । सरकार छ, सरकारले जनतलाई हेर्छ भन्ने सन्देश विश्वासीले आधार पाएका छ्रैनन् । मेलम्चीको पानी सुन्दरी जल आउँदा पाइप फुट्ने र टाल्ने सडक भत्कने र मर्मत हुने काममा तदारुकता नै हुन्छ । तर, अहिले मन्त्रीले आफूअन्तर्गतका जति पनि कार्यालय र संस्थान छन् । तिनको समेत रिपोर्ट लिन भ्याए जस्तो छैन । उमाकान्त चौधरी कांग्रेसको थारु कोटाका सहमहामन्त्री हुनमा उनलाई गर्व होइन, कमाईको पाटे खोतल्ने ठाउँ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *