काठमाडौं उपत्यका खानेपानी बोर्ड र लिमिटेडजस्तो ठाउँ मन्त्रीको आउँछन् । राजनीति गरिन्छ, तर चासो भने हुँदैन । बरु त्यहाँ प्रमुख बनेकाहरूको क्षमता मन्त्रायले निगरानी राख्छ । केयुकेएलका महाप्रबन्धक मिलन शाक्य असक्षम सावित भएका छन् । उनलाई त्यो ठाउँमा ल्याउन खर्च बटुलेका माओवादीनिकट कर्मचारी मुकुन्द भण्डारी, महाराजगञ्ज शाखाका रमेश केसी मात्र होइनन्, महांकालचौरका हाकिम मरहठ्ठाको रहर पनि पुगेको जस्तो छ । फुटेको पाइप समयमा नटाल्ने केयुकेएलभित्र रामै्र चिरफार गर्नुपर्ने बेला भएको छ । तर, बोर्ड अध्यक्ष त्रिरेश खत्री बोर्ड बैठकसमेत राख्दैनन् । हाटा गर्ने ठग कर्मचारीकै डाँको केयुकेएलमा ठूलो हुन्छ । त्यहाँ राजनीति नै धेरै गर्ने हुन्छ ।
झोला थाप्दै मन्त्री
उता, खानेपानी संस्थानमा उपमहाप्रबन्धक त्रिदेव श्रेष्ठ महाप्रबन्धक हुनेमा ढुक्क छन् । मेडिसिटी अस्पताल धापाखेल नजिकै बस्ने गरेका मन्त्री चौधरीसँगको साइनोले त्यहाँ कम गर्दैछ । कर्मचारीले भने प्राविधिकहरूबाट महाप्रबन्धक बनाइनुपर्ने माग राखेका छन् । कांग्रेसको सहमहामन्त्री पदमा विजय हासिल गर्दा मन्त्री चौधरीलाई बधाई दिन पुगेका तेजेन्द्र कार्कीले अब मिलन शाक्यको काँध थाप्छन कि थाप्दैनन् । शाक्यले कार्कीले भनेको काम सबै गरेकै छन् । त्रिदेव श्रेष्ठ टिल्ल भएर संस्थान र केयुकेएलका कर्मचारीसँग आफ्नो पद महाप्रबन्धक पक्का भएको बताउँदै थिए । त्यो दिन मन्त्रीले पार्टीको सहमहामन्त्री पदको निर्वाचन जितेका थिए । तेस्रो धारका नेता कृष्ण सिटौलाको हकमा चौधरी बलियो उम्मेद्वार भए भने गगनले लात हान्दा पौडेललाई परेको चिठ्ठा योग्यता, क्षमता र जेष्ठतामा परेन । उमाकान्त झोला थापेर संस्थानका महाप्रबन्धक केयुकेएलका महाप्रबन्धक फेर्ने तयारी गर्दा मुकुन्द भण्डारीहरू चिल्लै नहोला भन्न सकिँदैन ।