ओमिक्रोनको बढ्दो खतरा ः सरकार अनभिज्ञ

समाचार

काठमाडौं । चिसोको कारण आम नेपालीलाई ज्वरो, रुघाखोकीले सताएको अवस्था छ । कतिपय बिरामीको चिसोको कारण तथा विभिन्नको कारणले ज्यान गएको छ । कतिपय वृद्धवृद्धा, बालबच्चा, दीर्घ रोगीहरूको स्वास प्रश्वासको कारणले गर्दा उपचार नपाई बेडमै छटपटाइरहेका छन् । यसरी एकातिर चिसो, अर्काेतिर चिसोसँगै न्यानो खोज्दा कतिपय बिरामी र बच्चाको अकालमा मृत्यु हुने गरेको छ । समग्र रूपमा हेर्दा अहिले कोभीड ‘डेल्टा’सँगै ‘ओमिक्रोन’ले नसताउला भन्न सकिँदैन । यो रोग सबैभन्दा बढी बेलायतमा देखिएको अवस्था छ । यसको असर नेपालमा नपर्ला भन्न सकिँदैन । चिसोको कारण आमनेपालीलाई रुघाखोकीले सताएको अवस्था छ । यो सँगै ‘ओमिक्रोन’ले नसताउला भन्न सकिन्न । भीडभाड व्यापक रूपमा बढेको छ । सरकारले यसको नियन्त्रण गर्न सकेको छैन । यातायात क्षेत्रमा बढी भीड लाग्ने गरेको छ । यात्रु कोचाकोच अवस्थामा यात्रा गरिराखेका छन् । भाडा बढे पनि यातायात व्यवसायीले यात्रुलाई सास्ती दिएर भीडभाड बढिराखेको छ । यस्तै यो बेला पिकनिक, विवाह, ब्रतबन्ध, गोष्ठी, सम्मेलन भएका छन् । यसरी आमनेपालीले आफ्नो स्वास्थ्यको लागि ध्यान दिएको अवस्था छैन । स्वास्थ्य मन्त्रालयले सावधान रहन आग्रह गरेको छ । जनताले भने यसको ख्याल गरेका छ्रैनन् । सरकारले यसको बारेमा कुनै प्रवाह गरेको अवस्था छैन । किनकि नेपालको खुला सीमा भएको र सीमाबाट आम नेपाली र विदेशी ओहोर–दोहोर गरी राखेका छन् । यसरी खुला सीमानामा ओहोर–दोहोर गर्दा ‘ओमिक्रोन’, ‘डेल्टा’ भेरियन्ट नसर्ला भन्न सकिँदैन । नेपालमा यसको रोकथाम गर्नको लागि सरकारले अग्रसरता देखाएको अवस्था छैन । राजनीतिक दलले पार्टीको महाधिवेशन गरिराखेका छन् । एमालेले मंसिरको १० गतेदेखि १३ गतेसम्म चितवनमा १०औँ महाधिवेशन सम्पन्न गरेको छ, भने नेपाली कांग्रेसले मंसिर २४ गतेदेखि मंसिर २७ गतेसम्म काठमाडौंको भृकुटीमण्डपमा १४औँ महाधिवेशन सम्पन्न गरेको छ । यस्तै माओवादीले पुस ११ गतेबाट राष्ट्रिय सम्मेलनको आयोजना गरेको छ । यसरी राजनीतिक दलको भीड, यातायात, बजार, क्याम्पसमा देखिने भीडका कारण कोभीडको संक्रमण तीव्र गतिमा नबढ्ला भन्न सकिँदैन । अहिले जताजतै भीड लाग्ने गरेको छ । मालपोत, नापी, वैदेशिक रोजगार विभाग, कम्पनी रजिष्ट्रारको कार्यालय, यातायात व्यवस्था विभाग, कर कार्यालय, बैंकिङ क्षेत्र, निजी क्षेत्रसम्म आम मानिसको भीड लाग्ने गरेको छ । यो भीडसँगै ‘ओमिक्रोन’ले पार्न सक्ने क्षतिको बारेमा राज्यले गम्भीरता देखाएको छैन । यस्तै विदेशबाट आउने विदेशी वा नेपालीलाई अध्यागमन विभागले क्वारेन्टाइन बस्नुपर्ने नियम जारी गरे पनि २४ घन्टा नबित्दै यो नियम उल्टिरहेको छ । स्वास्थ्य मन्त्रालयले पनि यस बारेमा केही बोलेको छैन । सरकारले खोप दिने भनेको छ । सो खोपको बारेमा अहिलेसम्म विवरण तयार पारेको अवस्था छैन र आम नेपालीले यस विषयमा ध्यान दिएका छैनन् । आफ्नो स्वास्थ्यको बारेमा समेत लापरबाही गरेको अवस्था छ । यस्तै प्राइभेट अस्पताल या सरकारी अस्पतालमा बिरामीको भीड लाग्ने गरेको छ । यस्ता क्षेत्रमा सामाजिक दूरी, सेनिटाइजर र कतिपय नागरिकको मुखमा मास्कसमेत प्रयोग भएको अवस्था छैन । खुलेआम भीड लाग्ने गरेको छ । भोलिका दिनमा ‘ओमिक्रोन’लाई ध्यानमा राखेर सरकारले केही नियम पालनाको बारेमा जनतालाई सतर्कता देखाउला कि ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *