डा.मिनेन्द्र बाहिरिएपछि बेहाल

राजनीति

काठमाडौं । नेपाली राजनीतिमा दुई दशकदेखि सक्रिय डा.मिनेन्द्र रिजालले रक्षामन्त्रीबाट राजीनामा दिए । आफू कार्यकर्ताबीचमा नहोमिदा रक्षामन्त्री त्यागेका रिजालले पूर्वपञ्चहरू कीर्तिनिधि विष्ट र केशरबहादुर विष्टले जस्तै नैतिकता देखाए । कीर्तिनिधिले सिंहदरबाभित्र आगलागी हुँदा प्रधानमन्त्री पद त्यागेका थिए । यसैको सिको जस्तै केशरबहादुर विष्टले खेलकुद परिषद् हातामा फुटबल खेल हुँदा अकस्मात हावाहुरी आउँदा भएको भागदौडमा भएको खेलप्रेमी दर्शकको आपसी भागदौडमा मृत्यु भएका कारण पद त्याग गरेका थिए । उनीहरू राजाका विश्वास प्राप्त थिए ।
डा.मिनेन्द्र रिजाल कांग्रेसको नेता बनाउने शेरबहादुर देउवा थिए । नेपाल विद्यार्थी संघमा बस्दा संगठनको गोप्यता भंग गरेको आरोप सहेर देश छोडेर विदेश हानिएका थिए । उनलाई पहिले कृष्ण सिटौलाले सहयोग गरेर सञ्चारमन्त्री हुने अहिले डा.शशांक कोइरालाको कोटामा रक्षामन्त्री बनाएको आरोप लागेको थियो । पार्टीमा द्वन्द्व हुँदा नेताका बीचमा मेलमिलाप गराउने मध्यमार्ग बाटो लिएको दाबी गर्ने रिजाललाई डा.शेखरको टिममा महामन्त्री पदको उम्मेद्वार बन्ने मौका मिल्यो । तर, रिजालका सहयोगी गगनले जितेका छन् ।
राजनीतिमा आफूभन्दा कनिष्ठले महामन्त्री पद जितेपछि डा.रिजाललाई कांग्रेसको नेतृत्वको सत्तामा बस्न रुची देखिएन । धनराज, गगन र विश्वले कसरी पार्टी चलाउँछन् त्यो हेर्न बाँकी छ । युवाहरूले चलाएको कांग्रेस गतिशील हुन्छ कि हुँदैन भन्ने पर्वाह आफू रहेको मिनेन्द्रले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *