देउवाको कार्यकालमा संगठन अपांग

राजनीति

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आफू सभापति निर्वाचित भए पनि एक कार्यकाल तरुण दलले अधिवेशन ग¥यो, पूर्णता पाएन । महिला संघ र मजदूरमा मात्र होइन, किसान संघ, भूपू सेनाजस्ता जे–जति भगिनी संगठन थिए तिनले नेतृत्व चयन गर्न सकेनन् । कांग्रेसले नेविसंघको १३औँ महाधिवेशन सम्पन्न गर्न तयारी गरिरहेको बेला नैनसिंह महरले नेतृत्व सुम्पिन पाएनन् । शेरबहादुर देउवा कति प्रजातन्त्रवादी हुन् भन्ने यिनै भगिनी संगठनहरूको गतिविधि शून्यताले देखाएको छ ।
देउवा कति प्रजातन्त्रवादी हुन्, कति देशभक्त छन् भन्ने कुरा उनका गतिविधिले देखाउँछ । कांग्रेसको १३औँ महाधिवेशनपछिका ६ वर्षसम्म नेविसंघ तदर्थवादमा चल्यो । युवा नेताहरू गगन थापा, विश्वप्रकाश शर्माले समेत भगिनी संगठनहरूलाई निर्वाचनबाट असल नीति निर्माण गर्न गराउन दबाब दिन सकेनन् । विभागहरू बनाइए तर गठन नहुँदै समय सकियो । कोइराला परिवारले गणतन्त्रको आवाज उठाउँदा महन्थ ठाकुर, नरहरि आचार्यलाई कारबाही पनि गरेकै हो । कांग्रेसमा बोल्ने एउटा, गर्ने अर्काे छ । पार्टीमा स्थान पाउन पहिला कोइरालाहरूको पछि लागेका नेताहरूले देउवाको आड लिए । चाकडी नगरे स्थान नपाउने अवस्था छ । तारिणी दत्त चटौतहरूको चुनावी नतिजाले सोझाले ठाउँ पाउँदैन भन्ने हो ।
आखिर कांग्रेसले जतिसुकै नयाँ आयाम ल्याए पनि प्रजातन्त्रको रक्षा त्यसरी हुँदैन । जबकि नेविसंघ, प्रेस युनियन, तरुण दलजस्ता क्रियाशील संस्था नै खुम्चेको अवस्था छ भने देउवाको दोस्रो सभापति कार्यकालको के अर्थ ? अहिले पनि सभापति देउवाको खेमाले देशको राजनीतिमा कुनै प्रभाव पार्लाजस्तो छैन । देशघाती कदममा घुँडा धस्ने देउवाले गराएको महाकालीको राष्ट्रघातमा केपी ओलीले इँटा थपे । ओली भारतीय सेवक हुन् भन्ने आरोप छ । १ खर्ब २० अर्ब आउने पैसा खोई त । उनले अमेरिकी, भारतीय दूतावासमा गोप्य सूचना दिने गरेको आरोप पनि लाग्ने गरेको छ । यी हुन देशभक्त राष्ट्रवादी नेता केपी ओली ।
अब, देउवाले देशको परिवर्तन संस्थागत गर्न पार्टीका वर्गीय संगठनहरूलाई सक्रिय बनाउने हुन कि झन् पंगु बनाउने हो । संवैधानिक निकाय पंगु भएका छन् । सर्वोच्चमा भ्रष्टाचारको लडाइँ छ । एमालेमा मोति दुगड र दुर्गा प्रसाईंजस्ता व्यापारीको हालीमुहाली छ । नेपाली कांग्रेस जिपछिरिङ लामा, गणेश लामा, बहादुर सिंह लामा, विनोद चौधरी, उमेश श्रेष्ठसम्मले धानेका छन् । नेपाली कांग्रेसमा धनराज गुरुङ, पूर्णबहादुर, गगन थापा तथा विश्वप्रकाश शर्माको पदले कति प्रभाव पार्छ त्यो विषय सोचनीय बन्दैछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *