काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवाका मुन्सीका रूपमा खटाएका पार्टीका केन्द्रीय सदस्य नैनसिंह महरले एआइजिपी हरि पाललाई नेपाल प्रहरीको आइजिपी बनाउने दौडधुप चलिरहेकै बेला कुमार पौडेल हत्या काण्डमा राष्ट्रिय मानव अधिकार आयोगको निर्देशन कार्यान्वयन गर्न गृह मन्त्रालय तयारी गर्दैछ । नेपाल प्रहरीमा हरि पाललाई भ्रष्ट र गैर जिम्मेवार प्रहरीको रूपमा लिइन्छ । यिनै पाल आइजिपी शैलेश थापाका ब्याची हुन् । उनी प्रहरीमा पोशाक खरिदमा मनपरी गर्ने व्यक्ति हुन् ।
थापालाई सरकारले वरिष्ठताको आधारमा आइजिपी बनायो । सुदूरपश्चिम जिल्लाका हरि पाल एआइजीमै बसे । दुवैजनाको कार्य अवधि एकैसाथ समाप्त हुन्छ । त्यो बेला प्रधुम्न कार्की, राजीव शाहीहरू पनि जाने छन् । सरकारले वरिष्ठताको आधारमा आइजिपी छान्दा विश्व पोखरेललाई छनोट गर्छ । तर, त्यहाँ पोखरेलको विरुद्धमा भक्तपुरकै सहकुल थापा पनि लाग्ने गरेका छन् । एआइजिपी पाललाई प्रधान कार्यालयमा लगेर आयुक्त कार्यालयमा सहकुललाई ल्याउन थापा चाहन्थे । तर, पालले सुदूरपश्चिमका नेताको पावर भिडाए । गृहमन्त्री बालकृष्ण खाँडले नै भन्न सकेनन् ।
प्रहरीले एक वर्षमा कमाण्ड फेर्ने गर्दछ । यसपटक गृहमन्त्री खाँडले राम्रै आम्दानी लिएकाले १५ महिनासम्म कुनै पनि जिल्लाको प्रभाव फेरिएको छैन । एआइजिपी हरि पाल आफैँ नियम कार्यान्वयन गर्नुपर्नेमा तोडेका छन् । उनलाई पोशाक काण्डमा पक्राउ गर्ने अवस्था नभए पनि भोलि अवकाशपछि पनि अन्तर्राष्ट्रिय क्षेत्र देखाउन देउवा सरकारले नै पक्राउ गर्ने निश्चित छ ।
त्यो बेला आइजिपी विश्व पोखरेल हुनेछन् । यसपटक पनि पालले एयरपोर्टबाट पक्राउ परेका भारतीय अपराधीलाई गुपचुपमा भारतलाई बुझाए । भारतले तिनको हत्या गरेको छ । उता, नैनसिंह महरले प्रहरीको सरुवा–बढुवाको ठेक्का लिएका छन् । देउवाको नेविसंघलाई महाधिवेशनबाट नयाँ नेतृत्व दिने चाहना नहुँदा महरा असफल अध्यक्षको घण्टी झुण्ड्याउँदै विद्यार्थी नेतृत्वबाट बाहिरिएका हुन् । कांग्रेसभित्र प्रहरी खेलाउने तरुण दलका नेता शंकर भण्डारी पनि छन् । यसपटक कुमार पौडेल हत्यामा पाललाई जागाउन उनै लागेका थिए । त्यो बेला पाल प्रदेश २ को कमाण्डर थिए । कुमारको पछि लागेर प्रहरीले गोली हानेको हो । उनो हातमा हतियार थिएन । नेपालको प्रहरीको कत्लेआम यस्तै गरिन्छ । दिनेश अधिकारी उर्फ चरी, कुमार घैंटेको हत्या गर्दा पुष्कर कार्की र सर्वेन्द्र खनालले कुमार पौडेलकै हत्याजस्तो व्यवहार गरेका थिए ।
