वरियता नमिल्दा कांग्रेसमा लफडा !

राजनीति

काठमाडौं । आफूसँग प्रतिस्पर्धा गरेका दोस्रो गणनामा डा.शेखर कोइरालालाई २१औँ नम्बरमा राखेका कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीमा आलोचनाको पात्र बनेका छन् । कांग्रेस पार्टीमा वरियताको ठूलो महत्व राख्छ । पहिला गिरिजाले देउवालाई दोस्रो वरियतामा राखे । रामचन्द्र पौडेल देउवाभन्दा पछाडि थिए । आज शेरबहादुरले पदाधिकारी र पूर्व पदाधिकारीलाई अगाडि राखेर आफ्ना प्रतिस्पर्धीलाई अपमान गर्दा देउवाले आफ्नो भविष्य कस्तो देखेका छन् ? यो प्रश्नमा उनकै खेमाका कृष्ण सिटौला, रमेश लेखक, डा.प्रकाशशरण महत, बालकृष्ण खाँडसम्मले मुख खोल्न नसक्नुलाई अनौठो मानिँदैछ ।
राजनीतिक रूपमा प्रकाशमान र विमलेन्द्रले नेविसंघबाट कांग्रेसमा गएको जाल फालेर जसरी पनि वरिष्ठ देखाउने खेल खेल्दा कार्यकर्ताले सही ढंगले लिएका छैनन् । जसले नेतृत्व फेर्ने गीत गाएर देउवालाई सहयोग गरी सरकारी पदको आसा देखाएका कार्यकर्ताले सहज रूपमा लिएका छैनन् । देउवा शासनमा कार्यकर्ताले निष्पक्षता पाएनन् । प्रजातन्त्रको नाममा कांग्रेसमा देउवाबाट क्रियाशील सदस्य वितरण र स्वीकृतबाटै थाहा भयो । डडेलधुरामा देउवाको समूहले पार्टीले पठाएका क्रियाशील सदस्यता काटेर बालुवाटारले आफ्ना सहयोगीहरूको नाम घुसायो । यहाँसम्म रामचन्द्रको रुवाबासी भयो ।
कोइराला वंशमा सुजाता र डा.शशांक कोइरालाजस्ताले बद्नामी कमाए । विपी र गिरिजाको वंशले मात्र होइन, गणेशमान महेन्द्रनारायण निधिको वंशले समेत इज्जत जोगाएनन् । कांग्रेसभित्र भ्रष्टले स्थान पाउँछन् । प्रजातन्त्रको रक्षा गर्न नसक्नेले गणतन्त्र र संघीयताको रक्षा कसरी गर्छ ? जबकि शेरबहादुरको अघिल्लो कार्यकालमा विधानले दिएको म्यान्डेटको ख्याल गरिएको छैन । रामचन्द्र पौडेल, प्रकाशमान सिंहले मुख बन्द गरेका थिए । उनीहरूको समग्र पार्टी परिवर्तनको ख्याल गर्न सकेनन् । डा.शेखरले पाएको मत कुनै गुटमा आधारित थिएन । उनी कार्यकर्ता भेटघाट र पार्टीकै कार्यकर्ताको सद्भाव पाएका नेता बन्न पुगेका छन् । तर, पार्टी सभापति शेरबहादुर देउवाले निरकुंश बनेर पार्टी कब्जा गर्दा प्रतिस्पर्धीमाथि अपमान गरेका छन् । त्यो अपमान भोलि डा.शेखरले सभापति पद जितेपछि देउवालाई ‘पालोको पैंचो’ गरिँदा के हुन्छ ? कार्यकर्ता पंक्तिभित्र छलफलको विषय बन्दै छ ।
सभापति देउवाले मनोनित गर्दा पनि आफ्नै टिमका पराजित मात्र होइनन्, प्रकाशमान र विमलेन्द्रको टिमका पराजितहरूलाई मनोनित गरे । तर, डा.मिनेन्द्र रिजाल, चन्द्र भण्डारी, महेश आचार्यलाई मनोनित गरेका छैनन् । यसले झन् शेरबहादुर देउवा गुटमै रमाएको सबैको सभापति बन्न नसकेको छर्लंग हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *