कर्मचारी संगठनका कारण निजामती दुगन्धित

समाचार

काठमाडौं । निजामती क्षेत्र किन दुर्गन्धित छ ? कारण स्पष्ट छ राजनीतिक दलपिच्छे ट्रेड युनियन र तिनकै दादागिरीका कारण ।
कर्मचारीको हकहितका लागि काम गर्न एउटा आधिकारिक संगठन पर्याप्त हुने भए पनि अहिले सात वटा कर्मचारी संगठन अस्तित्वमा छन् । जस्ले छुट्टाछुट्टै युनियनमार्फत प्रशासनमा हैकम चलाउँदै आएका छन् । यी कर्मचारी संगठनका अध्यक्षहरुमा अहिले एमाले समर्थित कर्मचारी संगठनका अध्यक्ष छन् लेखनाथ कोइराला,माओवादी समर्थित हरि रावल,काँग्रेसमा गोपाल पोखरेल दोहोरिएका छन् भने एकीकृत सरकारी कर्मचारी संगठनमा मोहन घिमिरेको राँइदाइ छ यस्तै मधेसी कर्मचारी मञ्चको अध्यक्षको जिम्मेवारीमा छन् भुवनेश्वर चौधरी । यी नेताहरुले न त काम नै गर्नुपर्दछ ।
बरु राजनीतिक दल आबद्ध निजामती संगठनलाई भवन निर्माणका लागि करोडौं रकम पर्ने जग्गा दिइएको छ । यसरी दिइएको सरकारी जग्गामा समेत कर्मचारी संगठनको लुट छ । माओवादी निकट नेपाल राष्ट्रिय कर्मचारी युनियनले जिल्ला अदालत काठमाडौं अगाडि सात आना दुई पैसा जग्गा पाएको छ । यस्तै
नेपाली कांगे्रस, नेकपा एमाले तथा मधेस कर्मचारी मञ्चलाई एक÷एक रोपनी जग्गा पाएका छन् । जिल्ला मालपोत कार्यालय काठमाडौंका अनुसार सो स्थानमा जग्गाको मूल्य प्रतिआना करिब ५० लाख पर्न जान्छ । यसरी हेर्दा भवन निर्माणका लागि प्रदान गरिएको जग्गाको मूल्य करिब ४० करोडको सम्पत्ति कर्मचारी संगठनले मोज गरिरहेका छन् । तत्कालीन सामान्य प्रशासन मन्त्रालयको प्रस्तावमा १ असार ०६८ को मन्त्रिपरिषद् बैठकले ‘राष्ट्रियस्तरका ट्रेड युनियनलाई सरकारी जग्गाको भोगाधिकार उपलब्ध गराउने’ निर्णय गरेको थियो । त्यतिखेर झलनाथ खनाल नेतृत्वको सरकार थियो । सरकारको निर्णयअनुसार तत्कालीन चार ठूला पार्टीनिकट चार निजामती कर्मचारी ट्रेड युनियनहरूले एक–एक रोपनीका दरले जग्गा पाएका थिए । उनीहरूले आफ्ना कार्यालय सञ्चालन प्रयोजनका लागि भवन बनाउन जग्गा पाएका हुन् । तर, नियमविपरीत भाडामा लगाएका छन ।
नेपाली कांगे्रसनिकट नेपाल निजामती कर्मचारी युनियन तथा मधेस कर्मचारी मञ्चलाई भवन निर्माणका लागि प्रदान गरिएको बबरमहल वन परिसरको जग्गा विवादमा परिरहेको छ । यी संगठनहरुले काठमाडौंकै मुटु मानिने सिंहदरबार र बबरमहल क्षेत्रमै बहुमूल्य जग्गाको भोगाधिकार गर्दै आएका छन् । त्यहाँ संगठनको कार्यालय स्थापना गर्नका लागि भनेर जग्गा दिइएको भए पनि नियमविपरीत उक्त संरचना पार्टीलाई दिनेदेखि व्यापारिक प्रयोजनका लागि भाडामा लगाउनेसम्म काम भइरहेको छ । जस्तो एमालेनिकट नेपाल निजामती कर्मचारी संगठनले सिंहदरबार मुखैको एक रोपनी जग्गामा आलिसान महललाई महल भाडामा लगाएर मात्रै मासिक दुई लाख रुपैयाँ आम्दानी गर्छ । अडिट फर्म र इन्जिनियरिङ कन्सल्टेन्सीलाई कोठाहरू भाडामा लगाउनेदेखि कर्मचारी संगठनकै केही नेता त्यहीबाट सरकारी निकायमा सप्लायर्सको समेत काम गर्दै आएका छन् । यस्तै हरि रावल अध्यक्ष रहेको माओवादी केन्द्रनिकट नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीले मासिक ५० हजार भाडा लिने गरी क्याफे सञ्चालन गर्न दिएको छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)निकट नेपाल मधेसी निजामती कर्मचारी मञ्चले पनि बबरमहलमा पाएको सरकारी जग्गामा भवन बनाएको छ । जब कि यो ट्रेड युनियन निजामती सेवा ऐन २०४९ अनुसार श्रम विभागमा दर्ता नै छैन । आधिकारिक मान्यता नै नपाएको मञ्चले सरकारबाट बहुमूल्य जग्गा पाएर भवन बनाएको छ । यही भवनमा लोसपाको पार्टी कार्यालय छ । महन्थ ठाकुर नेतृत्वको तत्कालीन राष्ट्रिय जनता पार्टी (राजपा)को पार्टी कार्यालय पनि यही भवनमा थियो । राजपा छँदा नै मञ्चले एक रोपनी जग्गा पाएको थियो । राजपा र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी पार्टी एकता भएपछि बनेको जसपाको कार्यालय पनि यही भवनमा राखियो । हालै पार्टी फुटेपछि मञ्च लोसपाको पक्षमा आएको हो । यस्तै गरी कांग्रेसनिकट नेपाल निजामती कर्मचारी युनियनले पनि बबरमहलमै पाएको सरकारी जग्गामा भवन बनाएको छ । युनियनले भने संरचना अन्यत्र भाडामा लगाएको छैन ।
सरकारबाट निःशुल्क लिएको जग्गा भाडामा लगाउनु सरकारी जग्गा दर्ता तथा लिजमा लगाएर गैह्रकानुनी तवरले कर्मचारी संगठनहरुले भाडा उठाएर खाइ रहेका छन् । उता मोहन घिमिरे अध्यक्ष रहेको एकीकृत सरकारी कर्मचार संगठनले पनि ववरमहलस्थित शहरी तथा भवन निर्माण विभागकै कार्यालयलाई संगठनको सम्र्पक कार्यालय बनाएको छ । उस्ले त्यहाँका चार कोठे भवनलाई कार्यालयको रुपमा उपयोग गर्दै आइरहेको छ । यो त्यही संगठन हो,जस्ले एउटै स्मारिका निकालेर बजारबाट २२ लाख असुलेको चर्चा छ । मोहन घिमिरे,लेखनाथ कोइराला,हरि रावलहरुको धन्दा नै यस्तै भएको एक जना कर्मचारीले सुनाए । उता भोला पोखरेलले भने नासु र खरदारहरुलाई लगाएर पैसा उठाउने धन्दा चलाउँदै आएका छन् । यसरी पैसा उठाएकै भरमा उनले कोटेश्वरमा अलिसान बंगला ठडाएका छन् । भोलाले झैं मोहन,गोपाल,सुवोध देवकोट,लेखनाथ कोइराला,हरि रावल लगायतका कर्मचारी संगठनकै आडमा ३५ देखि ४० हजारको जागिर खाएर छोटै अवधिमा करोडौंको सम्पत्ति जोडेका छन् । त्यो सम्पत्तिको स्रोत के हो ? ४० हजारको जागिर खाएर एकाध बर्षमै कसरी जोडिन्छ करोडौंको सम्पत्ति ? अख्तियारले पनि अरु भुसुनाहरुलाई अठ्ठाए पनि अहिले सम्म कुनै कर्मचारी संगठनका नेतालाई पक्रन सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *