ऐन नियम मिच्दै चन्द्रागिरी केबलकार

समाचार

काठमाडौं । २०७८ पुस १४ गते बुधबार देशका अधिकांश जिल्लामा हिमपात भएको थियो । खासगरी हिमपात भएका जिल्लाहरू मनाङ, मुस्ताङ, ताप्लेजुङ, कालीञ्चोकलगायत हिमाली जिल्लाहरू तथा माथिल्लो पहाडी जिल्लाहरू संखुवासभा, भोजपुरलगायतका जिल्लामा हिमपात परेको थियो । यस्तै काठमाडौंको फुलचोकीदेखि चन्द्रागिरिसम्म हिउँ परेको थियो । हिमपातसँगै हिउँ खेल्नेहरूको भीड लाग्ने गर्दछ । हिमपातसँगै आइएमई गु्रपद्वारा सञ्चालित चन्द्रागिरिमा हिउँ खेल्नेहरूको बहार छाएको थियो । यससँगै चन्द्रागिरि केबुल कार राति ११ः३० सम्म सञ्चालन भएको थियो । हिउँ खेल्न मानिसहरूको भीड भएसँगै आम्दानी देखेको चन्द्रागिरिले राति ११ः३० बजेसम्म केबुलकार सञ्चालन गरेर ऐन नियम मिचेको हो ।
कानुनी रूपमा ५ बजेसम्म मात्र सञ्चालन गर्न पाइने केबुलकार कानुनको प्रवाह नगरी रातिसम्म सञ्चालन गरेको हो । यसरी कमाउ धन्दाका लागि केबुलकार सञ्चालन गर्ने व्यक्ति वा संस्थाले बेलैमा विचार पु¥याएन भने भविष्यमा आइपर्ने जोखिमलाई मध्यनजर गरी कानुनी बाटो अपनाए हुन्थ्यो कि ? यसरी भोलिका दिनमा विभिन्न ठाउँमा सञ्चालन गरेका केबुलकारले यसरी जथाभावी ऐन, नियमविपरीत सञ्चालन गर्न सक्ने देखिन्छ । अहिले सञ्चालनमा रहेका केबुलकार चन्द्रागिरि, कालिञ्चोक र मनकामना हुन् । मनकामना केबलकारले भक्तजनको हितमा काम गरेको छ भने दोलखाको कालिञ्चोक केवलकारले पनि भक्तजनको सुविधालाई मध्यनजर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *