नेपाल टेलिकममा भ्रष्टाचार मौलाउँदै संगीता र सुनिल पोखरेलबीच कसले मार्ला बाजी

समाचार

काठमाडौं । नेपाल सरकारको स्वामित्व रहेको नेपाल टेलिकमभित्र राजनीतिक खिचातानी र राजनीतिक संगठनका भ्रातृ संगठनले नेपाल टेलिकम दिनदिनै उँधो गतिमा ओरालो लागेको अवस्था छ । टेलिकमभित्रको भ्रष्टाचार पत्रपत्रिकामा सार्वजनिक नहोस् भन्दै टेलिकमभित्रका भ्रष्टाचारीले केही पत्रपत्रिकालाई गोप्य रूपमा महिनावारी छिनेर केही ठूला मिडियाकर्मीलाई सहयोगवापत भुक्तानी, विज्ञापन दिएर टेलिकमभित्रका विकृति गुपचुप राख्ने गरेका छन् । यसको चाँजोपाँजो चाहिँ घनश्याम पाण्डेदेखि उच्च तहका कर्मचारी संलग्न रहेको आरोप लाग्ने गरेको छ । केही पत्रकार भने टेलिकमभित्रको भ्रष्टाचार र विकृतिको समाचारलाई उजागर नगरी चाकडी गरेवापत महिनामा ५० हजारदेखि १ लाखसम्म लिने गरेका छन् । नेपाल टेलिकम सरकारको स्वामित्वमा रहेता पनि भित्रभित्रै घरायसी बनेर उठ्न नसक्ने अवस्थामा पुगेको समाचार प्राप्त भएको छ । टेलिकममा सामान खरिद बजार प्रबन्धदेखि मार्केटिङ र फाइबर जडानदेखि कर्मचारी सरुवा बढुवाको कामदेखि टेलिकमलाई चाहिने सामान गुणस्तरहीन प्रयोग गरी करोडौं भ्रष्टाचार भइराखेको छानबिन गर्ने निकाय चुपचाप बसेको छ । टेलिकमभित्र लामो समयसम्म कम हुन सकेको छैन । राजनीतिक दलको सरकार बनेसँगै टेलिकमको प्रबन्ध निर्देशक बनाउने चलखेल सुरु हुन्छ । टेलिकमको बारेमा तत्कालीन प्रबन्ध–निर्देशक कामिनी राजभण्डारीको बारेमा तामाकोशी सन्देशले समाचार उजागर गरेपछि सो समाचारलाई रोक्नलाई केही पत्रकारले अनुरोध गरेका थिए । तर, तामाकोशीले टेलिकमभित्रको समाचारलाई निरन्तरता दिएपछि केही मिडियाले फाइदा लिएका थिए । सो समाचारप्रति प्रेस काउन्सिलमा उजुरी हाल्नसम्म सुझाव दिएका थिए । कामिनी राजभण्डारी प्रबन्ध–निर्देशकबाट बाहिरिएपछि डिल्ली अधिकारीले ठूलो मात्रामा पैसाको चाँजोपाँजो मिलाएर १०औँ तहको व्यक्ति १२औँ तहमा प्रबन्ध–निर्देशक बन्न सफल भएका थिए । उनले टेलिकमको प्रबन्ध–निर्देशक भएपछि टेलिकमलाई उकास्ने र कार्यकाल पूरा भएपछि स्वतः घर जानुपर्ने व्यवस्था गरेका थिए । अहिले प्रबन्ध–निर्देशक डिल्ली अधिकारीको समय पुस १८ गते सकिएपछि टेलिकमको प्रबन्ध–निर्देशक बन्नलाई टेलिकमले आवेदन माग गरेको थियो । जसमा ९ जनाले आवेदन दिएका छन् र टेलिकमभित्र डिल्ली अधिकारी प्रबन्ध–निर्देशकबाट बाहिरिएपछि पहिलो १०औँ स्थानमा कार्यरत अधिकारी फेरि सोही ठाउँमा कार्यरत रहनको लागि ऐन नियम मिच्दै बस्न थालेका छन् । २०६१ सालमा विनियम बनेको थियो । टेलिकमको प्रबन्ध–निर्देशक बनेपछि सो कार्यकाल पूरा गरिसकेपछि स्वतः घर जानुपर्ने प्रावधान त्यसमा थियो । सञ्चारमन्त्री गोकुल बाँस्केटाले पहिलाको कार्यविधि संशोधन र तोडमोड गरी डिल्ली अधिकारीलाई प्रबन्ध–निर्देशक बनाउने योजना बनाएका थिए । टेलिकम भित्रका तीनवटा कर्मचारी युनियनले पटक–पटक ध्यान आकर्षण गराएका थिए । २०७७ भदौ १७ गतेसम्म आन्दोलन पनि गरेका थिए । पछि २०७८ साउन ५ गतेदेखि ११ गतेसम्म सो कानुन लागू गर्न आन्दोलन भएको थियो । २९ बुँदामा सहमति भएको जनाइएको छ । बुँदा नम्बर २ प्रबन्ध निर्देशकले २०७८ लाई सम्झौता गर्न कार्यविधि सम्झौता गर्न र नेपाल सरकारको बोर्डको सदस्यता भए पनि २०७८ भदौ ११ गते टेलिकमभित्रका तीनवटा संगठनले सो बुँदा लागू गर्न सहमति गरेको थियो । सहमति गरेपछि सो कानुन नेपाल सरकारले लागू गरेजस्तै लागू हुने बताइन्छ । तर, नेपाल टेलिकमभित्र भ्रष्टाचारमा विभिन्न उच्च तहका कर्मचारी सामेल भएका कारण एकले अर्कोलाई सहयोग गर्नेवाला छैनन् । किनकि नेपाल टेलिकमभित्र लामो समयसम्म राज गर्र्दै आएका उच्च तहका कर्मचारीले बाहिरको प्रबन्ध–निर्देशक बनाउन पाएमा टेलिकमभित्रको विकृति थाहा नपाउने भएर केही कर्मचारीले बाहिरबाट प्रबन्ध–निर्देशक बनाउन ऐन नियम फेरबदल गरी ऐन संशोधन गरी सकेका छन् । सकेसम्म प्रबन्ध–निर्देशक बाहिरबाट ल्याउन रोजिएको छ भने केही इमानदार व्यक्ति टेलिकमभित्रबाट प्रबन्ध निर्देशक बन्नुपर्ने आवाज उठाएका छन् । टेलिकमभित्र भए÷गरेका गतिविधि कुनै पनि निकायले छानबिन गरेको छैन । पहिला भ्रष्टाचारको बारेमा अख्तियारमा मुद्दा परे पनि छानबिन भएको छैन । सो मुद्दा विचाराधीन अवस्थामा रहेको छ । अहिले टेलिकमभित्र जुनियर र सिनियर कर्मचारीबीच भए गरेको ऐन नियमलाई लिएर अदालतमा मुद्दा पुगेको छ । टेलिकमको प्रबन्ध निर्देशक बन्न र बनाउन खेल सुरु भएको छ । प्रबन्ध–निर्देशक बनाउन तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटा र तत्कालीन प्रबन्ध–निर्देशक डिल्ली अधिकारीले टेलिकमको प्रबन्ध–निर्देशक सुनिल पौडेललाई बनाउन लबिङ गरेको आरोप टेलिकमभित्र लाग्ने गरेको छ ।
यसरी नेपाल टेलिकमभित्र प्रबन्ध–निर्देशक बन्नको लागि बाहिरबाट लबिङ हुनु भनेको टेलिकमको भ्रष्टाचार मौलाउनु हो । यस्तै, सुनिल पौडेलले सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीको चाकडीमा लागेका छन् भने एमाले नेतालाई रिझाएर सञ्चारमन्त्रीले भने बमोजिम खाका बुझाउने तयारी गरिराखेका छन् । यस्तै, संगीता पहाडी तत्कालीन न्यायाधीश लक्ष्मण अर्यालकी छोरी भएको कारण बालुवाटार धाएकी छन् । लक्ष्मण अर्यालको सोर्सफोर्स लगाएर टेलिकमको प्रबन्ध–निर्देशक बन्न लागेको आरोप टेलिकमभित्र सुन्ने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *