दरबन्दी थप्न बृफकेश बोक्दै

Uncategorized

काठमाडौं । उपत्यकाको प्रहरी संरचना बिग्रेको अवस्थामा पुगेको छ । समयमा सरुवा नभएपछि कमाइतिर लागेकाहरूले जुवाडेको चेक पनि लुकाएकै हुन् । अहिले दुई जना डिआइजीको दरबन्दी थप्न दौडधुप सुरु भएको छ । धिरजप्रताप सिंह, रविन्द्र धानुक एआइजीको दरबन्दी थप्न दौडधुपममा लागेका छन् । ट्राफिक प्रहरी र लागुऔषध व्युरो, साइबर व्युरो, मानव बेचबिखन तथा अनुसन्धान व्युरोजस्तो ठाउँमा डिआइजी राख्नुपर्ने आवाज उठेको धेरै भयो । तर, गृह मन्त्रालयले चासो दिएको छैन । नेपाल प्रहरीका एआइजी र डिआइजीको दरबन्दी घटाउने ओली सरकारले विश्व पोखरेललाई दरबन्दी थपेर १ वर्ष अगाडि बढुवा ग¥यो । पोखरेलविरुद्ध लागेका सहकुल थापा, रविन्द्र धानुक, धिरजप्रताप सिंह, वसन्त लामा, वसन्त पन्थहरूले ठूलै कसरत गरेका छन् । तर, पोखरेल नै एआइजी भए । सहकुल थापा पनि एआइजी त भए, तर वर्ष दिनको पछि मात्र । अब आइजिपी बन्ने पोखरेल नै एक्ला दाबेदार हुन् । तर, पोखरेललाई छेक्न सहकुलले कांग्रेसको पहुँच भिडाएका छन् । प्रहरीमा जेष्ठता मिच्दा जयबहादुर चन्द काण्ड नै चर्चामा छ । यो काण्डले नवराज सिलवाललाई सांसद बन्ने बाटो खोल्यो । जयबहादुर अख्तियारको आयुक्त भएका छन् । अहिले ऊ भन्दा ऊ माथि भन्ने गरिन्छ ।
यो विवादले आइजिपी भएका प्रकाश अर्यालको समयमा बिग्रेको प्रहरी च्यानल अझै सप्रिएको छैन । प्रहरीले कांग्रेस र एमालेको काम गर्दछ । माओवादीका नेता गृहमन्त्री बन्दा प्रहरी कजाउन एमालेका गोकुल बाँस्कोटा, महेश बस्नेत, कांग्रेसका शंकर भण्डारी, जितजंग बस्नेत, नैनसिंह महर छन् । भण्डारी र महरले प्रहरी भर्ना सरुवा बढुवाबाटै उठाएको पैसाले घर बनाए, गाडी चढेका छन् । कांग्रेसको केन्द्रीय सदस्य भएका छन् । अहिले त गृहमन्त्री नै कांग्रेसका बालकृष्ण खाँड छन् । यिनै खाँड तरुण दलको अध्यक्ष हुँदा गृहबाट तरुण दलमा लागेका युवाहरूलाई भत्ता दिने तत्कालीन गृहमन्त्री गोविन्दराज जोशीको कठालो समाएका थिए । अहिले दैनिक १ लाख कसलाई बाँडेका छन् । तरुण दलको नेतृत्वलाई के थाहा छ ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *