नेपाली कांग्रेसका प्रधानमन्त्री शेरबहादुर देउवा पार्टीको सभापति भएको दोस्रो इनिङमा सकारात्मक सन्देशमूलक काम दिन सकेका छैनन् । नेता शेरबहादुर देउवा मुलुकको प्रधानमन्त्री भएपछि मन्त्रीकै सम्पत्ति विवरण सार्वजनिक गरेका छैनन् । कांग्रेसका भगिनी संगठनहरू १४ वर्षसम्म अधिवेशन नगरी बसेका छन् । निर्वाचन समिति भंग गरेर तत्कालीन कांग्रेस सभापति सुशील कोइरालाले विघटनजस्तै बनाइदिएको नेपाल विद्यार्थी संगठनलाई शेरबहादुर देउवाले पनि विघटनजस्तै बनाइराखेका छन् । अधिवेशनको अत्तापत्तो छैन ।
नैनसिंह महर शेरबहादुरको प्यानलबाट पार्टीको केन्द्रीय सदस्य भएका छन् । तर, नेपाल विद्यार्थी संघले नेतृत्व चयन गर्न पाएको छैन । १३औँ महाधिवेशनको उद्घाटनको दुई दिन अगाडि देउवाले नेविसंघलाई विघटनजस्तै बनाए । राजीव ढुंगाना अधिवेशनको संयोजक भए । उनी पनि पार्टी केन्द्रीय सदस्य भएका छन् । पहिला नेपाली कांग्रेसको नेविसंघ शैक्षिक मुद्दामा अगाडि थियो । आज कमाइ धन्दामा लागेको छ । रञ्जित कर्णले अधिवेशन गर्न उठाएको ३४ लाख आनन्द ढुंगानालाई खुवाएर संविधानसभा सदस्य बनेकै हुन् । उनी पार्टीको १४औँ महाधिवेशनमा कुनै टिममा परेनन् ।
अहिले नेपाल महिला संघ, दलित संघ, किसान संघ, जनजाति संघजस्ता भगिनी समूहहरूसमेत निर्वाचनविहीन अवस्थामा छन् । टिकेहरूले संस्था धानेका छैनन् । सभापति देउवाले आफ्नो अधिकार प्रयोग गरेर मनोनित केन्द्रीय सदस्यको पक्षपात मात्र भएको छैन । आफ्ना प्रतिस्पर्धालाई २६औँ वरियतामा पु¥याएर कांग्रेसभित्रको बादशाह आफूँ भएको प्रमाणित गराएका छन् ।
डा.मिनेन्द्र रिजाल, डा.चन्द्र भणडरीको बौद्धिकताले काम गरेन । किनकि त्यहाँ आफ्नो परीक्षा अर्काेलाई दिन लगाएर गफ चुट्ने शंकर भण्डारीजस्ता केन्द्रीय सदस्य देउवाको पक्षमा छन् । तरुण दल विभाग पाएका भण्डारी पहिले खुमबहादुर खड्काका विश्वास प्राप्त युवा थिए । दरबार र भारतको हिन्दूवादी शक्तिको आडमा खुमबहादुरले चलाएको हिन्दू राज्यको एजेण्डा भण्डारीले लिएका छन् । यिनकै एजेण्डामा डा.शशांक कोइराला घुम्न थालेका छन् ।
देउवाको टिमले डा.शेखरलाई गरेको अपमान ५ वर्षपछि देउवा स्वयंले भोग्ने छ । १५औँ महाधिवेशन देउवाको लागि काल बन्दै गएको छ । कांग्रेसीहरू यसपटक रामचन्द्र पौडेलले उधारो राष्ट्रपति पाउने आसामा प्रकाशमान सिंह निर्वाचनको अवधिका गृहमन्त्री विमलेन्द्र निधि पार्टीको नीति सिद्धान्त विभागको प्रमुख दिनेजस्तो आश्वासनको भूमरीमा पर्दैनथे भने शेरबहादुर यसपटक सभापतिमा विजय हुने सम्भावना थिएन । लोभमा फस्ने कांग्रेसी चरित्रले यसपटक पार्टीलाई संस्थागत गर्न सकेका छैन । कोइराला वंशको पुच्छर बनेका रामचन्द्रको आदेशले टिम भत्काइदिएको छ । त्यो टिम अहिले सबैतिर बद्नाम बन्दैछ । डा.शेखर कोइरालाको समूहले आक्रोश प्रकट गरेको मात्र हो । त्यहाँ पनि पार्टी सिद्धान्त र विचारको विरुवाको कमि छ । युवा शक्तिले सत्ता र पदीय स्वाथै नै हेर्छ । देउवालाई प्रतिस्पर्धा दिने शेखरलाई कथित वरिष्ट रामचन्द्र भन्दा एक स्थान तल अर्थात् तेस्रो वरियतामा राख्न सुझाव दिने व्यक्तिहरू भएनन् । सबैलाई चाकडी र चाप्लुसी चाहिन्छ । कांग्रेसमा निष्पक्षता हुँदैन भन्ने आरोप अन्य पार्टीका कार्यकर्ताले लगाउने गरेका छन् । त्यही कारण देउवाको नजरमा प्रदीप पौडेल परे, डा.मिनेन्द्र रिजाल र चन्द्र भण्डारीहरू परेनन् ।