हेक्टर एसयुभि बजारमा

समाचार

काठमाडौं । एम.जी. हेक्टर नेपाली बजारमा भित्रिएको छ । नेपालमा एमजी (मोरिस ग्यारेज) मोटर्सको आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रालिले हेक्टर एसयुभि सार्वजनिक गरेको हो ।
१.५ लिटर टर्बोचार्जड इन्टरकुल इन्जिनयुक्त हेक्टर साइन एमटी र सिभिटी दुवै भेरियन्टमा उपलब्ध छ । हेक्टर एमटीको मूल्य ५९ लाख ९९ हजार र हेक्टर सिभिटीको मूल्य ६४ लाख ९९ हजार रहेको कम्पनीले जनाएको छ । सुरक्षा, शैली र फङ्सनालिटिको लागि हेक्टर इन्डियामा पहिलेबाट प्रशंसित छ । एसयुभीमा पहिलोपटक बोल्ड फ्रन्ट क्रोम ग्रिल, प्रोजेक्टर हेडल्याम्प, र स्टाइलिस आर १७ सिल्भर एलोइज, इलेक्ट्रिक सनरूफ, पुस बटन स्टार्ट, इलेक्ट्रिक पार्किङ ब्रेक, २६.४ सेमीको एचडी टचस्क्रिन सिस्टम र अन्य धेरै प्रमुख विशेषता रहेको कम्पनीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *