बालुवाटारको संरक्षणमा हरि पाल जोगिँदै

समाचार

काठमाडौं । प्रहरीको बढुवा र सरुवाको लहरमा पैसा, सत्ता र राजनीतिक सम्बन्धले ठाउँ लिनु नियमविपरीत हो । तर, नेपाल प्रहरीभित्र कोही १३ महिनासम्म एकै ठाउँमा रजाइँ गरेकै छन् । सत्ताको आडमा आयुक्त कार्यालयका एआइजी हरि पालले तीन जना भारतीय नागरिकको सुपूदर्गी गरे । तर, त्यो कुरा उनकै संगठनले समेत थाहा पाएन ।
एयरपोर्टबाट समातिएका तीन भारतीय नागरिक भारतीय प्रहरीको खोजीको सूचीमा थिए । उनीहरूलाई भारतलाई बुझाउन गृह मन्त्रालय र प्रहरी हेडक्वार्टरलाई जानकारी गराउनु पर्दथ्यो । तर, एआइजी पालले त्यसो गरेनन् । अहिले गृहमन्त्री बालकृष्ण खाँडले हरि पाललाई सरुवा गर्न खोज्दा रोकेका प्रधानमन्त्री शेरबहादुर देउवाका पिए भानु देउवाको हस्तक्षेप भएको आरोप लागेको छ । पाल चन्द समूहका सर्लाही इञ्चार्ज कुमार पौडेल हत्यासँग जोडिएका प्रहरी अधिकृत हुन् ।
राष्ट्रिय मानव अधिकार आयोगले यो काण्डमा वाग्मती नगरपालिकाका मेयर भरत थापा, प्रहरी निरीक्षक कृष्णदेव साह, हवल्दार सत्यनारायण मिश्र, विनोद साहसमेतको संलग्नता रहेको बताएको छ । सर्लाहीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, एसपी गोपाल भट्टराई, निरीक्षक कृष्णप्रसाद न्यौपाने, सई सूर्यकुमार कार्की र डा.विरेन्द्रकुमार मण्डलसमेत यस घटनामा आरोपित थिए । अहिले हरि पाल एआइजी छन् । उनलाई नेपाली कांग्रेसले संरक्षण गरिरहेको छ । दलीय संरक्षणमा अपराध दबाउने चलन नयाँ होइन । अपराधी सबै दलमा छन् । प्रहरीले त्यस्तालाई छुँदैन । किनकि प्रहरीको सरुवा–बढुवाको काममा दलीय संरक्षण हुने गर्दछ । नेपाल प्रहरीमा राम्रो ठाउँ आम्दानीको स्रोत हुने ठाउँमा जान खर्च समेत गर्ने प्रचलन छ । भ्रष्टाचारीलाई प्रोत्साहन गर्दा कानुनको उल्लघंन पनि भएका छन् । सुरेन्द्र पौडेल हत्यासँग जोडिएका प्रहरीहरूको सरुवा मात्र होइन, बढुवा समेत भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *