जनताको जनविश्वास गुम्दा नेताहरुलाई छैन डर

राजनीति समाचार

काठमाडौं । कांग्रेसका सभापति शेरबहादुर देउवालाई छैठौंपटक प्रधानमन्त्री बन्नुपर्ने आशाले प्रधानमन्त्री केपी ओलीलाई झस्काईं रहेको छ । कांग्रेस–एमालेले सम्हालेका मन्त्रालयमा आफ्ना कार्यकर्तालाई जागिर दिएकै छ । प्रधानमन्त्रीले विमति जनाएका छैनन् । देउवालाई पार्टी नेतृत्वमा जो आए पनि श्रीमती आरजु राणालाई उपसभापति जिताउनु छ । उनको पक्षका खम्बा बालकृष्ण खाड बिच्किएका छन् । डा.प्रकाश शरण महत डाक्टर शेखरतिर लागेका छन् । खाँडलाई रूपन्देही ३ बाट उपचुनावमा उठाउने र फकाउने चाहना देउवाको छ ।

मृत्युपर्यन्त सम्म पार्टी नेतृत्वमा बस्ने रहर गरेकै कारण अहिले नेतृत्व र नेताको प्रवृत्तिप्रति जनताको विश्वास छैन । कांग्रेसका शेरबहादुर देउवा, प्रकाशमान सिंह, विमलेन्द्र निधि, एमालेका केपी ओली, ईश्वर पोखरेल, माओवादीका पुष्पकमल दाहाल, एकीकृतका माधव नेपाल, झलनाथ खनाल, वामदेव गौतम, जसपाका उपेन्द्र यादव, लोसपाका महन्त ठाकुरहरूप्रतिको जनविश्वास घट्दो छ । मिलेर पाएसम्म सबै पद आफै कब्जा गर्ने गलत सोचका यी नेताहरुले राष्ट्रलाई हिजो कै समयअनुसारको फेरबदल खोज्छ । तर पुरानो नेतृत्वले नयाँपन नदिँदा जनताले विश्वास गर्दैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *