चौधरी पक्राउको जवाफ दिन सरकारसँग नागरिक उन्मुक्तिको माग

राजनीति समाचार

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको पक्राउबारे चित्तबुझ्दो जवाफ नदिए सरकार छाड्ने चेतावनी दिएको छ ।

सोमबार प्रतिनिधि सभाको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद लालवीर चौधरीले यस्तो चेतावनी दिएका हुन् । एकीकरण सभामा पुगेका रेशम चौधरीलाई अपहरण शैलीमा एकाएक डिल्लीबजार कारागार पुर्‍याइएको उल्लेख गर्दै लालवीर चौधरीले सरकारले यो घटनाका सम्बन्धमा जवाफ दिनुपर्ने माग गरेका छन् । महिमानसिंह विष्टले काटेको पक्राउ पुर्जी सर्वोच्च अदालतले त्यसलाई फर्जी भनेको छ । तर, यतिबेलासम्म पनि सरकारले कहीँ कतै नबोलेको हुनाले उनले प्रधानमन्त्री र गृहमन्त्रीले सदनमा आएर जवाफ नदिए आफूहरु सरकार छाड्न बाध्य हुने चेतावनी समेत दिएका छन् ।

यही वैशाख १७ गते नाउपा र जनमत पार्टीबीच एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *