गीताको श्रापले पूर्वपञ्च भसक्कै !

राजनीति समाचार

काठमाडौं । अस्वीकृत भएको ११ वर्षपछि पूर्व राजा ज्ञानेन्द्रले संविधानमा आफ्नो स्पेस खोज्दा जनताबाट आक्रोशित भएका छन् । हिन्दू धर्म र राजतन्त्रको नाममा रथयात्रा गराउँदा ज्ञानेन्द्रसँग सलामी थैली बुझेर रमाएका कमल थापा संविधानसभाबाट जारी संविधानमा हस्ताक्षर गरेर परराष्ट्रमन्त्री बन्दा नै राजा ज्ञानेन्द्रले खबरदारी नगर्दा छाडा भए । उनै थापाले गीता छोएर एकता गरेको पार्टी फुटाए गीताको श्राप लागेर राप्रपा ध्वस्त भयो । २०६४ सालमा कमल थापालाई एउटा झिल्कोको रुपमा एमाले अध्यक्ष केपी ओलीले संसदमा भित्र्याएका थिए ।

अहिले सत्ताको नेतृत्व गरेका केपी ओली पनि राप्रपाबाट तर्सिएका छन् । उनैले काङ्ग्रेससँगको सत्ता सहकार्य गर्दा राष्ट्रिय एजेण्डा बनाएको संविधानको प्रसङ्ग छैन । तर पूर्व राजालाई अगाडि सारेर राप्रपा र दुर्गा प्रसाईंहरू जाग्न खोज्दा राप्रपा पनि जनताको नजरमा समाप्त भयो । पूर्व राजाको राजा हुने इच्छा पनि गुम्यो । १६ वर्ष अगाडि राजतन्त्र ध्वस्त भयो । ११ वर्ष अगाडि गणतन्त्रात्मक व्यवस्थामा धर्म निरपेक्षता लागू भयो । हिन्दूत्वको बारेमा जे जनमत छ त्यो राजतन्त्रको छैन । पूर्वपञ्चको संगठन बनेको छैन । प्रसाईं जस्ताको संगठन बन्दैन ।

पूर्व राजालाई बोकेर हिन्दूहरुको शिकार खेल्न तम्सेका जगमान गुरुङ अहिले एजेन्डा दिन सक्दैनन् । तर गणतन्त्र खाइन्छ भन्छन् । मुखले बोलेजस्तो राजा सत्तामा आउने सम्भावना छैन । राज्यसत्ता सञ्चालकहरुले एजेन्डा र कार्यक्रम बिनाका दुर्गा प्रसार्इंहरुलाई कमान्डर बनाएर नाङ्गै भएको पत्तो पाएनन् । गीताको श्रापले पूर्वपञ्चहरू समाप्त भएको ज्ञानेन्द्रले बुझेनन् भने कमल थापाले स्वार्थमा इसार्इंकरण भएको पत्तो पाएनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *