१४ वटा शिक्षक संगठनद्वारा २० गतेदेखि काठमाडौंमा आन्दोलनको चेतावनी

वाग्मती प्रदेश शिक्षा/स्वास्थ समाचार

काठमाडौं । शिक्षक संघ–संगठनले यही चैत २० गतेदेखि काठमाडौंमा वारपारको आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

१४ वटा शिक्षकसंगठनका अध्यक्षहरूले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै यो आन्दोलनमा सहभागी हुन शिक्षक कर्मचारीलाई अपिलसमेत गरेका छन् ।

विगतमा भएका सबै सहमती सम्बोधन हुने गरी गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारी मैत्री विद्यालय शिक्षा ऐन जारी गर्न एकपटक फेरि अझ बलियो र ठूलो आन्दोलनका लागि २०८१ चैत्र २० गतेबाट वारपारको लडाईंको रुपमा काठमाडौं केन्द्रित सडक आन्दोलन गर्ने संगठनहरुले जनाएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *