काठमाडौं। कीर्तिपुरमा आज बाघभैरवको जात्रा हुँदैछ ।
हरेक वर्ष भदौ १ गते बाघभैरवको जन्मदिनको रूपमा जात्रा गर्ने चलन रहेको छ । आजका दिन बाघभैरवको मन्दिरलाई एक सय आठ चोटी परिक्रमा गरेमा सबै पापबाट मुक्त हुने जनविश्वास रहेकोले परम्परागत बाजा, भक्तजनको भजन–कीर्तन र लाखे नाचसँगै उत्सव मनाइन्छ।
बाघभैरवको तीन वटा मूर्तिमध्ये एउटालाई खटमा राखेर कीर्तिपुरको विभिन्न ठाँउमा परिक्रमा गरेर जात्रा गरिन्छ । यो जात्रा विक्रम संवत् २०१३ सालदेखि शुरु भएको यो जात्रा कालिन शिवदेव द्धितियले कीर्तिपुरका शक्तिको आधार बाघभैरवलाई केन्द्र बनाइ पश्चिममा शैव देवता रहने गरी शिवरत र पूर्वमा बौद्ध देवीदेवताको मात्र बाहुल्य रहने गरी देवरत क्षेत्र व्यवस्थित रूपमा बसाएको इतिहास पाइन्छ ।

