भारतीय विदेशसचिव मिस्री नेपालमा

राजनीति समाचार

काठमाडौं । भारतीय विदेशसचिव विक्रम मिस्री नेपाल भ्रमणमा आईतबार काठमाडौं आइपुगेका छन् ।

परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आइपुगेका सचिव मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीको भदौ अन्तिम साता हुने भनिएको भारत भ्रमणको औपचारिक निमन्त्रणा दिनुको साथै एजेन्डाको विषयमा छलफल गर्ने बताइएको छ ।विमानबाट आइपुगेका विदेश सचिव मिस्री सिधै प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार जाने स्रोतले जनाएको हो ।

प्रधानमन्त्री ओलीलाई भेटिसकेपछि शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने कार्यक्रम रहेको बताइएको छ । राष्ट्रपति पौडेललाई भेटिसकेपछि सचिव मिस्री सिधै बुढानीलकण्ठ जानेछन् ।
भदौ ३१ र असोज १ गते गरी दुई दिन भ्रमण गर्ने यसअघि नै तय भएको हो तर छोटो समय भएको भन्दै भारतको तर्फबाट नै भ्रमण लम्ब्याउने तयारी रहेको बताइएको छ । त्यसमा पनि आज छलफल हुने बताइएको छ ।

भारतको भ्रमणअघि प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने भएका छन् । त्यहाँ भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *