काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई)को साथै सबै कक्षाको वार्षिक परीक्षाको महिना चलिरहेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सत्रको अन्तिम महिनामा परीक्षा र नतिजा सार्वजनिक गर्ने भएकोले विद्यार्थीको परीक्षाको समयमा भइ रहेको आन्दोलनले गम्भीर बनाएको जनाएको हो ।
यसले विद्यार्थीको परीक्षामा प्रभावित पर्न सक्ने भन्दै अभिभावक चिन्तित भएका छन् । विद्यालय तहमा करिब ७० लाख बालबालिका अध्ययनरत छन् । परीक्षा छुटेमा फेरि विद्यार्थीले जाँच दिन पाउने व्यवस्था नभएकोले एक वर्ष लस हुन्छ । यो विद्यार्थीको भविष्य बनाउने समय भएकोले विद्यार्थीको परीक्षा प्रभावित हुनेगरी कुनै गतिविधि नगर्न मन्त्रालयले आग्रह गरेको छ ।
आन्दोलनका कारण केही विद्यालय बन्द समेत गरिएको छ । आन्दोलन हुने क्षेत्रका केही निजी विद्यालयले सूचना निकालेर बन्द हुने जनाएका छन् ।

