राष्ट्रिय सभामा आज अध्यादेश प्रतिस्थापन विधेयक पारित गर्ने कार्यसूची

राजनीति समाचार

काठमाडौं । राष्ट्रिय सभामा आज अध्यादेश प्रतिस्थापन विधेयकहरूपारित गर्ने कार्यसूची छ ।

दिउँसो सवा १ बजे बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

उपप्रधानमन्त्री एवं अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले तीन वटा विधेयक पारित गरियोेस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । जसमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, निजीकरण (पहिलो संशोधन) विधेयक र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *