काठमाडौं । संसदीय उपसमितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको अनुसन्धानमा अर्थमन्त्रालयले असहयोग गरेको गुनासो गरेको छ ।
विमानस्थल निर्माणको क्रममा भएका निर्णयको विवरण माग गर्दा नदिएको गुनासो उपसमितिका समितिका सदस्यहरूले गरेका हुन् । गत असार १४ गते लेखा समितिले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको अध्ययन–अनुगमन र छानबिन गरी रायसहितको प्रतिवेदन बुझाउन उपसमिति गठन गरेर अनुुसन्धान गर्दा नीतिगत भ्रष्टाचार भएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समिति अन्तर्गत गठित संसदीय उपसमिति अध्ययनमा रहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनको संयोजकत्वमा उपसमिति अध्ययन प्रतिवेदन लेखन कार्यमा जुटेको छ । विवरण संकलन गर्ने क्रममा अर्थ मन्त्रालयले माग गरेको विवरण नदिएको गुनासो उनीहरूको छ ।

