दलहरुले शत्रुता साँध्दा आउँदैन बहुमत

राजनीति समाचार

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले पार्टीमा सामूहिक नेतृत्व, सामूहिक एजेन्डा, सामूहिक प्रस्ताव पास गराएको अवस्था देखिदैन । ओली सरकारसँग अधिकांश सर्वसाधरणहरु चिढिन पुगेका छन् । कम्युनिस्टले माफिया र खुफियालाई नजिक राख्नु हुन्न भन्छ,तर कम्युनिस्ट कै सरकारलाई माफिया र तस्करहरुले चलाइ राखेका छन् । सत्ताको नेतृत्व गर्दा कांग्रेसको भ्रष्टको पक्षपोषण भएको छ ।

वर्गीय रुपमा कांग्रेस एमाले माओवादीका बीचमा अन्तर छैन । तर भाषण प्रधानमन्त्री ओली र प्रचण्डका एकले अर्कालाई अपमान गर्ने र वामपन्थी बीचको शत्रुताले कांग्रेस सप्रिन्छ, बाम जनमत सकिन्छ । ख्याल गर्नु राम्रो हो । स्वर्ग नर्कसँगै जाने विश्वास दिलाउने र विश्वास गर्ने दुबै चर्केका थिए तर जनताको माग, आवश्यकता र आपूर्तिसँग जोडिएका विषयवस्तुको अध्ययन भएन । माओवादीमा सामूहिकता छ, निर्णय एकल हुन सक्छ । एमालेमा एकल एजेन्डा एकल निर्णयलाई प्रश्न उठाउने तागत नहुँदा विद्या भण्डारीको खोजी हुँदैछ ।

विषयको गम्भीरतामा टेकेर प्रश्न गर्ने पार्टीबाट खेदिएको फल मिसन २०८४ मा सुदूरपश्चिमले पहिचानवादीको, कोशी प्रदेशले सहकारी ठगको रक्षा गर्दा सहरी क्षेत्रले दिने परिणामको संकेत प्राप्त भएपनि नेतृत्व गर्नेले ध्यान दिएको पाइँदैन ।
नेकपा एमालेबाट जनताले ठूलो आस गर्दा ओली सरकारका १० महिने परिणाम साक्षी छन् । जहाँ जनताले राज्यबाट पाएको भ्रष्टाचारी संरक्षण र सहकारी ठग मिटर ब्याजका दोषी राजनीतिक नियुक्तिमा भएको ढिलासुस्ती कांग्रेसले कब्जा गरेको पद नै छर्लङ्ग छन् । कांग्रेसले सरकार ढलायो भने एमाले अध्यक्षको सहारा को बन्ला ? जबकि यो बेला अध्यक्षले सहयात्रीमाथि प्रहार गरेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *