भारतको उत्तराखण्डको सिलाई बन्द नजिकै पहिरोमा नौ जना कामदार बेपत्ता, यीमध्ये दश जना कामदार सुरक्षित

विविध समाचार

काठमाडौं । भारतको उत्तराखण्डको सिलई बन्द नजिकै पहिरो जाँदा नौ कामदार बेपत्ता भएका छन् ।

उत्तरकाशी प्रहरीले यमुनोत्री राष्ट्रिय राजमार्गको पालिगडबाट करिब ४–५ किलोमिटर टाढा सिलई बन्द नजिकै पहिरोका कारण नौ जना कामदार बेपत्ता भएको जानकारी दिएको छ । अहिले राहत र खोज तथा उद्धार कार्य भइरहेको उत्तरकाशी प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार श्रम शिविर पहिरोको चपेटामा परेको थियो । शिविरमा १९ जना कामदार बस्दै आएका थिए । यीमध्ये दश जना कामदार सुरक्षित छन् र उनीहरूलाई उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ ।

उत्तराखण्डका मुख्यमन्त्री पुष्कर सिंह धामीले घटनास्थलमा उद्धार टोली पुगेको र गहन राहत र उद्धार कार्यमा संलग्न रहेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *