राष्ट्रपति पौडेलको सहभागीतामा धान दिवसको उपलक्ष्यमा शीतल निवासमा रोपाइँ

विविध समाचार

काठमाडौं । आज असार १५ अर्थात धान दिवसको उपलक्ष्यमा राष्ट्रपति भवन शीतल निवासमा रोपाइँ गरिएको छ ।

राष्ट्रपति कार्यालयद्वारा आयोजित रोपाइँ कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल, प्रथम महिला सबिता पौडेल सहभागी भएका थिए । रोपाइँ शुभारम्भ गर्दै राष्ट्रपति पौडेलले कृषिलाई आधुनिकीकरण गर्दै जीवन निर्वाहको आधार मात्र नभएर व्यावसायिक बनाउनुपर्ने बताएका छन् ।

उनले कृषि पेसामा निर्भर भइ कृषिलाई रोजगारीको आधारस्तम्भको रूपमा परिचित गराउन अग्रसर कृषकहरूलाई अन्नदाताका रूपमा सम्मान गर्नुपर्ने उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *