सधैँ विवादको घेरामा सरकार

राजनीति समाचार

काठमाडौं । प्रधानमन्त्री केपी शर्माले आफु शान्ति स्थिरता र विकासप्रेमी देखाउन अधुरा योजनाहरु शिलान्यास गरेर दिन काटी रहेका छन् । ओली कै गृह जिल्लाको भ्यूटावर उत्घाटन गर्दा दुई दलको सरकार जनप्रिय हुन्छ भन्ने थियो । तर प्रधानमन्त्री नै कैयौं पूर्वाग्रही ढङ्गले निर्णय गर्न पुगे । बदनाम पात्रको रुपमा निर्णय गर्न नमान्दा शिक्षामन्त्रीबाट विद्या भट्टराई बाहिरिनुपर्यो ।

प्रधानमन्त्रीको किचेन क्याबिनेटमा हरि दाहाल, विष्णु रिमाल, अस्गर अली, शंकर पोखरेलहरूले विवादित बनाए । पछिल्लो समय एक वर्ष पूरा गरेका मन्त्री फेर्ने पक्षमा प्रधानमन्त्री थिए । तर उनकै पार्टीका सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले कर्मचारी सरुवामा पद त्याग्न बाध्य भए भने उनीसँग जोडिएका भूमि व्यवस्था मन्त्री बलराम अधिकारीले पद छाडेका छैनन् । उद्योगमन्त्री दामोदर भण्डारी झन् विवादित छन् ।

कांग्रेसका सहरी विकास तथा उपप्रधानमन्त्री प्रकाशमान सिंह, उर्जामन्त्री दीपक खड्का, पर्यटनमन्त्री बद्री पाण्डे, कानुनमन्त्री अजय चौरासिया, खेलकुद मन्त्री तेजुलाल चौधरी समेत बदनाम भएका छन् । गृहमन्त्री रमेश लेखकको भिजिट भिसा प्रकरण त झन् चर्को छ । लोसपाका श्रममन्त्री सरद सिंह भण्डारीको गाडी काण्ड निकै चर्चामा रह्यो । वैदेशिक रोजगारदाताको ठगी श्रम स्वीकृति गर्दाको हैरानी छँदै छ ।

कांग्रेसका नेताहरुलाई मतलब छैन । त्यसले गर्दा एमाले बदनाम भएको छ । कांग्रेसभित्र पुराना सबै मन्त्री फिर्ता लिनुपर्छ भन्दै छ । कांग्रेस भित्र बढेको असन्तुष्टि कम छैन । सरकार भित्र राष्ट्रिय सभामा बहुमत पु-याउन उपेन्द्र यादवलाई फकाउने काम भएको छ । यादवले कार्यकारिणी समितिको बैठकबाट समर्थन फिर्ता लिएका थिए । पद र कुर्सी सबैको मूल एजेन्डा बन्न पुगेपछि घुस प्रकरण ओझेलमा परेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *