सरकारी अस्पतालमा करोडौँ स्वाहा, बिरामी अलपत्र

समाचार

काठमाडौं । स्वास्थ्य मन्त्रालयअन्तर्गत सरकारी अस्पतालमा व्यापक भ्रष्टाचार बढेको छ । अधिकांश केन्द्रदेखि प्रदेशस्तरीय स्वास्थ्य चौकीदेखि ठूला–ठुला अस्पतालमा कोरोनाको नाममा गरिने खर्चको बारेमा सरकारले न त अनुगमन गरेको छ न त अन्य निकायले गरेको छ । सरकारी अस्पतालको भ्रष्टाचारको बारेमा कुनै पनि निकायले ध्यान दिएको छैन । निजी अस्पतालको त कुरै छाडौँ सरकारी अस्पतालमा अहिले राज्यले अर्बाैं रूपैयाँ खर्च गरेको छ । यसरी खर्च गर्ने अस्पतालहरू वीर अस्पताल, टिचिङ अस्पताल, टेकु अस्पताल, निजामती अस्पताल नयाँबानेश्वर राजधानीको केन्द्रीय अस्पतालमा व्यापक रूपमा भ्रष्टाचार भएको छ । सरकारी अस्पतालमा कोरोना भाइरसको बारेमा २०७६ साल चैतदेखि २०७८ साल पुस महिनासम्म सरकारी अस्पतालले गैरजिम्मेवारी रूपमा भए नभएको सामानको फर्जी बिल बनाएर र विभिन्न किसिमले सामान गुणस्तरहीन सामान खरिद गरी गुणस्तरीय सामानको बिल बनाएर अर्बाैं भ्रष्टाचार भएको छ । सरकारले यस्ता अस्पताललाई छानबिन गरी कारबाहीको दायरामा ल्याउन सकेको छैन । कोरोनाको उपचारमा खटिएका कर्मचारीले भत्ता नपाएको गुनासो देशैभरि गुनासो चलिरहेको छ । सरकारी अस्पतालका कर्मचारी र प्रशासन शाखाका कर्मचारी, चिकित्सकहरू, स्टोर किपरहरू मिलेर अर्बाैं रूपैया भ्रष्टाचार भएको समाचार सूत्रले तामाकोशीलाई बताएको छ ।
निजी अस्पताल महँगो भएपछि प्रायःजसो बिरामीको सरकारी अस्पतालमा भीड बढेको छ । स्वास्थ्य चौकी, स्वास्थ्य जिल्ला कार्यालयमा बिरामीको लागि सामानमा खरिद गरेको खर्च देखाउने, खोपसमेत बिक्री गरी सिटामोल, थर्मल गनलगायत सामान किनेको देखाएर खाने गरेका छन् । यस्तै कोरोनाको लागि फिल्डमा खटिएका स्वास्थ्यकर्मीको नाम तलमाथि गरी विभिन्न शीर्षक देखाएर खाने गरेका छन् । स्वास्थ्यकर्मीको फिल्ड भत्तासमेत खाने गरेको समाचार सूत्रले बताएको छ । उदाहरणको लागि काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा छानबिन गरे प्रष्ट हुन्छ । निजामती अस्पतालका कर्मचारी र नेपाल निजामती कर्मचारी संघका सचिव सहायक फार्मेसी विनोद पोखरेलले पनि नेपाली कांग्रेसको आड भरोसामा २ करोड ५० लाख बराबरको घोटाला गरेको समाचार छ ।
सामान खरिद नगरी सामान खरिद गरेको देखाएर भ्रष्टाचार गरेका छन् । यस्तै, विभिन्न सामान खरिद गरेको देखाएर भ्रष्टाचारमा संलग्न कर्मचारीहरू उपसचिव कृष्ण सापकोटा, निजामती अस्पतालका लेखा अधिकृत चुडामणि गौतम, सन्तोष रिमाल अध्यक्षसमेतको मिलेमतो गरी प्रेम विश्वकर्मा नासु स्वास्थ्य सेवा विभागको कर्मचारी समेतको मिलिभगतमा २ करोड ५० लाख खाएको गुनासो अस्पताल भित्रका कर्मचारीले गर्ने गरेका छन् ।
यसरी राज्यलाई दोहन गर्न कर्मचारीको संलग्नता देखिन्छ भने स्थानीय र प्रदेशस्तरमा कति भ्रष्टाचार मौलाएको होला । यसको खोजिनीति र अनुगमन सरकारले गर्न सकेको छैन । अहिले सरकारी अस्पतालदेखि गैर सरकारी अस्पतालमा व्यापक भ्रष्टाचार मौलाएको अवस्था छ ।
जनता औषधि उपचार नपाएर छटपटाएका छन् । कतिपय बिरामी ज्वरो, रुघाखोकीले ग्रस्त भएका छन् भने कतिपय बिरामीलाई ओमिक्रोन संक्रमणले गर्दा अस्पतालमा उपचार गराउन नसकेर घरमा बस्नुपरेको गुनासो छ । कतिपय सरकारी अस्पतालदेखि सरकारी कार्यालयका कर्मचारी कोरोनाले थला परेको अवस्था छ भने कतिपय सरकारी कार्यालयमा भ्रष्टाचार मौलाएको अवस्था छ । अधिकांश सरकारी कार्यालयमा कोरोनाको बहाना पारेर भ्रष्टाचार मौलाएको देखिन्छ । सबैभन्दा बढी भ्रष्टाचार वीर अस्पताल, टेकु अस्पतालदेखि टिचिङ अस्पताल महाराजगन्ज, क्षयरोग अस्पताल ठिमी, प्रहरी बल बलम्बु, प्रहरी अस्पताल महाराजगञ्जजस्ता सरकारी अस्पतालमा व्यापक रूपमा भ्रष्टाचार भएको बताइन्छ । सरकारी अस्पताल र निजी अस्पतालका कर्मचारीबीच समन्वय मिलाएर कोरोना टेस्टको लागि मनलाग्दी गरिएको छ । कतिपय नेपालीले कोरोना खोप नलगाए पनि खोप लगाएको कार्ड बनाएर दिने काम सरकारी अस्पतालदेखि गाउँपालिकाको स्वास्थ्य चौकीले गर्दै आएका छन् ।
खासगरी कोरोना खोप नलगाउने भन्दा पनि खोप लगाउने व्यक्ति बढी मात्रामा संक्रमण भएको आवाज सार्वजनिक स्थान र यातायात गर्ने व्यक्तिले गुनासो गर्ने गरेका छन् । कोरोनाको खोप लगाएको झन् पो बिरामी भइयो, कसैले घुँडा दुख्ने, कसैले प्रेसर हाइ हुने, कसैले जिउ दुख्ने, ज्वरो आउने, कसैको शरीरको अन्य भागमा केही न केही रोगले सताउने गरेको गुनासो सार्वजनिक स्थलमा सुन्ने गरिन्छ ।
उता, सरकारी अस्पतालमा आम नेपालीलाई निःशुल्क खोपको व्यवस्था गरे पनि लाइनमा घन्टौँसम्म बस्नुपर्ने, बल्लतल्ल पालो आएपछि खोप लगाउन पाइन्छ । लगाएको खोप पनि कुन अवस्था, कुन खोप हो जानकारी छैन, कतिपय व्यक्तिले ४÷५ पटक लगाएको गुनासो आइरहेको छ भने कतिपय मानिस एकपटक भन्दा बढी खोप नपाएको आरोप खोप लगाउने व्यक्तिले गुनासो गरिरहेको अवस्था छ । यसरी हेर्दा समग्रमा कतिपय मानिस खोपबाट बञ्चित बन्न पुगेको अवस्था छ । सरकारी अस्पतालमा लामो लाइनमा बस्नुपर्ने, समय बढी लाग्ने, लाइनमा बस्दा झन्झट हुने, निजी अस्पतालमा पैसा खर्च गर्नुपर्र्ने समस्याले गर्दा धेरै मानिस खोपबाट बञ्चित भएको अवस्था छ । यस्तै सरकारी अस्पतालको लापरबाहीले गर्दा कतिपय बिरामीको अकालमा मृत्यु हुने गरेको छ । केही कथाचित बिरामीको आफन्त नभएमा वा खल्तीमा पैसा नभएमा सरकारी निजी अस्पतालमा एउटा पनि उपचार हुने गरेको छैन । सबै उपचारको अग्रिम भुक्तानी गरेपछि मात्र उपचारको प्रक्रिया अगाडि बढ्ने गरेको छ । उदाहरणको लागि गतहप्ता टिभी टुडेमा कार्यरत पत्रकार एलबी विश्वकर्माको मृत्युले देखाएको छ । एलबी विश्वकर्माको निजामती अस्पतालले उपचार नगरी पाटन पठाएको कारण मृत्यु भएको आरोप छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *