राजनीतिको सिलसिलामा गैरदलीय कर्म

लेख

सानोछँदा पढेको एक लाइन अझैं पनि ताजै छ ‘मानिस सामाजिक प्राणी हो ।’ मानिस राजनीतिक प्राणी पनि हो । सामाजिक र राजनीतिक दुवै उत्तिकै जरुरी शास्त्रहरू भएका छन् । सामाजिक रूपमा मानिस विभिन्न सम्बन्धले बाँचेको हुन्छ भने राजनीतिले देश तथा समाज हाँकेको हुन्छ । त्यसैले यी दुवै शास्त्रलाई अलग राखेर हेर्न पनि सकिन्न ।

गत महिनाको दोलखा बसाइँमा राजनीतिक कर्म खास गरी दलीय कामका लागि धेरै समय बिताइयो । तथापि, केही दिनहरू गैरदलीय कर्महरूमा समेत सहभागिता हुने मौका मिल्यो । दलीयतर्फका कुराहरू विभिन्न सञ्चारमाध्यम तथा सामाजिक सञ्जालबाट सार्वजनिक भइसकेका छन् । खासगरी नेकपा एमाले दोलखाको अधिवेशनका लागि प्रतिनिधि छनोट, अधिवेशनको तयारी, अधिवेशनमा संलग्नता, नेतृत्व चयनका विविध पक्षमा सहभागी हुने मौका मिल्यो । अधिवेशन पछि पनि केही एमालेका सांगठानिक काम तथा गतिविधिमा सहयोगी तथा व्यवस्थापनमा संलग्न हुने मौका मिल्यो । यस लेखमा भने दलीय गतिविधि भन्दा अन्य पक्षहरूको बारेमा चर्चा गर्ने कोसिस गरिएको छ । यहाँ शब्द गैरदलीय भन्ने राखेको छु । किनकी राजनीति भनेको साझा प्रणाली हो । हामीले गरेका काम जुन परिवर्तनसँग सम्बन्धित हुन्छ त्यो नै राजनीति हो । त्यसैले हाम्रा प्रायः सबै काम राजनीतिसँग सम्बन्धित हुने गर्दछन् । तथापि, दलीय नहुन सक्दछन् । दलीय भन्नासाथ आफू संलग्न भएको वा कुनै राजनीतिक दलसँग सम्बन्धित हुनसक्छ । त्यसैले पार्टी विशेषको कामलाई दलीय काम भनेर बुझाइ बनाइएको हो ।

सांस्कृतिक कर्म
भीमेश्वर नगरपालिकाका वडा नं. ६ निवासी गणेशप्रसाद न्यौपानेले आयोजना गरेको सप्ताहव्यापी श्रीमद्भागवत पुराणमा सहभागी हुने मौका मिल्यो । रामकोट अवस्थित लट्टेश्वर महादेवको प्रांगणमा सिन्धुपाल्चोक निवासी धिताल थरका पण्डितबाट वाचित सप्ताहका विभिन्न कथाहरूमध्ये केही कथाहरू सुन्ने अवसर पाइयो । हामी पुगेको मौकामा कृष्णका लिलासँग सम्बन्धित कथाहरू सुन्न पाइयो । पहिला सुनेकै भए पनि प्रस्तुति शैली फरक हुँदा रोचक नै लाग्यो । फेरि नेताको भाषण र पण्डितको वाचन उस्तै हुन्छ, सुन्न पाइने मनन् गर्न मिल्ने तर दोहोरो अन्तरक्रिया गर्न नमिल्ने ।
रामकोट बस्तीको पूर्वी छेउमै लट्टेश्वर महादेवको मन्दिर स्थापना गरिएको छ । धेरै वर्षअघि यो मन्दिर बनाउन भनी समाजसेवी पूर्णप्रसाद न्यौपाने भौतारिएको याद आउँछ । धेरै जनाको नेतृत्वदायी र अन्य सहयोग सक्रियता पक्कै छ । नत्र यो स्थानमा यति राम्रो मन्दिर बन्ने नै थिएन । जग्गा व्यवस्थापनमा पनि पक्कै समस्यै भयो होला । यस स्थानमा मन्दिर स्थापना गर्न धेरै जनाले नगद सहयोग गरेका रहेछन् । डेढ लाखदेखि २० रूपैयाँसम्मको अभिलेख टाँस गरेको पाइयो । त्यसको लामो लिष्टमा मेरो पनि नाम देखेँ । मेरो मानसपटलमा सहयोग गरेको याद थिएन । अर्को कुरा रकम पनि ठूलो हैन तै पनि आफ्नो नाम देख्दा मज्जा र आनन्दै लाग्यो । सायद त्यो सहयोग एक दशकभन्दा अघिकै होला । अभिलेख दुरुस्त राखेकोमा धन्यवाद छ । यो धार्मिक अनुष्ठानका आयोजक गणेशप्रसाद न्यौपानेले सप्ताहन्तको अघिल्लो दिन जाग्रामको दिन धार्मिक विषयवस्तुहरू समेत समावेश गरी हाजिरीजवाफ कार्यक्रम आयोजना गर्नु भएको थियो । त्यस कार्यको चाँजोपाँजोका लागि पर्वत न्यौपाने, हरिहर न्यौपाने र म समेतलाई जिम्मेवारी दिनु भएको थियो । सो कार्य सम्पादनसमेत गरेका थियौँ । यस्ता धार्मिक अनुष्ठान तथा समारोहहरू आफन्त जमघट तथा मनमा आनन्दको लागि गरिने हो ।

वन अभियानको कर्म
चरिकोटको बजारको शोभाको रूपमा देखिने खोरथली सामुदायिक वन रहेको छ । यस सामुदायिक वनले सरकारी, निजी र सामुदायिक अवधारणमा एक नर्सरी व्यवस्थापन गरेको छ । कल्पवृक्ष नर्सरी नाम राखिएको नर्सरीमा वन्यजन्य तथा निजी खेतबारीलाई समेत लक्षित गरी फलफूल समेतको बिरुवामा उत्पादन गरेको रहेछ । सामुदायिक वनलाई वार्षिक ७० हजार उपलव्ध गराउने गरी निजी व्यवसायी ईश्वर थापाले व्यवस्थापन गरेका रहेछन् । उच्च प्रविधियुक्त यस नर्सरीमा किवी, एभोकार्डो, लौठ सल्लालगायतका विभिन्न जातका बिरुवा र फूलका बिरुवाहरू समेत उत्पादन भइरहेको पाइयो । अहिले नाफा नभए पनि भविष्यमा सम्भावना देखेको व्यवसायी थापासँग लामो कुराकानी भयो । यो खालको व्यवस्थापन नयाँ अभ्यास लाग्यो । व्यापारसँग सम्बन्धित कार्यहरू निजी रूपमा व्यवस्थापन हुँदा प्रभावकारी हुने एक नमुना यहाँ पनि देखियो ।
यसै समयमा प्रदेश सरकार वन तथा वातावरणमन्त्री विशाल खड्का नियुक्त हुनुभयो । दोलखा फेकोफनले बधाइ तथा शुभकामना कार्यक्रम राखेको थियो । सहभागी भइयो । प्रदेश वन तथा वातावरण मन्त्रालयले सम्पादन गर्दा राम्रो हुने सुझावहरू दिएँ । खास गरी समुदायमैत्री नभएको प्रदेश वन ऐन सच्याउन र अधिकारवालाको प्रत्यक्ष सहकार्यमा काम गर्न सुझाएँ ।

कृषि तथा सहकारी कर्म
कृषि उपज केन्द्रित व्यवसायिक कर्मअन्तर्गत विगतदेखि सञ्चालन भएका कामहरूलाई थप प्रबद्र्धन गर्ने कोसिस भए । दुईवटा दुहुना भैँसीहरू थपिए । दूध उत्पादन भयो । त्यसको बजार प्रबद्र्धनमा केही जटिलता भएता पनि विस्तारै सहज हुँदैछ ।प्रदेशस्तरको कृषि रणनीति तर्जुमाका लागि जिल्लास्तरीय एक परामर्श कार्यक्रममा सहभागी हुने मौका मिल्यो । चरिकोटस्थित जिल्ला समन्वय समितिको कक्षमा आयोजित जिल्लास्तरीय अन्तक्र्रिया भएको थियो । त्यसमा कृषि क्षेत्रमा देखापरेका सवालहरू र सम्बोधनका सम्भावित उपायहरूको बारेमा मौखिक तथा लिखित सुझावसमेत दिने मौका मिल्यो । कृषि ऋण तथा बाली बिमा कार्यान्वयन हुन नसकेको, वन्यजन्तुको कारण बाली नोक्सानी भई स्थानीय अर्थतन्त्र चौपट हुन थालेको जस्ता उठान गरेँ । कृषि क्षेत्रलाई प्रबद्र्धन गर्न मालपोत तथा कर मिनाहको विषयलाई प्राथमिकता दिनु पर्ने विषय राखेँ ।
कृषि ज्ञान केन्द्रको सहयोगमा पौरखी कृषि सहकारी संस्थाले तरकारी ब्लकको कार्यक्रम विगतका वर्षदेखि सञ्चालन गरिरहेको छ । सो कार्यक्रम कार्यान्वयनको सिलसिलामा सहकारीको कृषि प्रवद्र्धन उपसमितिको बैठक बसियो । कार्यक्रम प्रभावकारी बनाउन विभिन्न उपायहरू निकालियो ।
उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय अध्यक्ष एवं कानुन व्यवसायी ज्योति बानियाँसँग सातदोडाटोस्थित एक कफी पसलमा एक्कासी भेट भयो । उहाँसँगको डेढ दशकभन्दा लामो अवधिदेखि चिनजान र उपभोक्ताका हितका पक्षमा कुराकानी र छलफल भइरहन्थ्यो । त्यही सन्दर्भमा गफ भयो । उहाँसहितको टोली भीमेश्वर नगरपालिकासमेतको सहकार्यमा उद्यम प्रबद्र्धनका लागि केही सम्भावना तथा कानुन तर्जुमाका विषयमा छलफल भइरहेको रहेछ । उहाँको टोलीसँगै हाम्रो कृषि फर्म, ढाका उद्योग, चरिकोट डेरी र गाँजाको लुगा उत्पादन गर्ने कारखाना अवलोकन गर्ने मौका मिल्यो । यो एक खालको अनुगमन नै थियो । यस कार्यमा भीमेश्वर नगरपालिकाका अनुगमन अधिकृत वा निरीक्षक माधव सुवेदीसहितको टोली संलग्न थियो । भोलिपल्ट उद्यमीहरूसमेतको सहभागितामा अन्तक्र्रिया कार्यक्रम आयोजना भएको थियो । नगरपालिकाले आयोजना गरेको यस अन्तक्र्रियाको माध्यमबाट स्थानीय सरकारको ध्यानाकर्षण गर्ने गराउने मौका समेत मिलेको थियो । कार्यक्रममा पूर्व मन्त्री, सांसद, स्थानीय तहका प्रमुख उपप्रमुखहरूसमेतको सहभागिता रहेको थियो ।

स्थानीय सरकारले पु¥याएको योगदानका विषयमा छलफल
भीमेश्वर नगरपालिकाले विपद् व्यवस्थापनका खेलेको भूमिकाको सन्दर्भमा तयार नेपालको टिमसँग दोहोरो अन्तक्र्रिया गर्ने अवसर मिल्यो । विपद् व्यवस्थापनमा स्थानीय सरकारको भूमिका अब्बल हुने बारेमा चर्चा भयो । पुरानो चिनजानका डा. कृष्णबाबु जोशी र डा. कल्पना देवकोटासँग धेरै वर्षपछि भलाकुसारी भयो । डा. जोशीसँग अर्को दिन पनि कफी सँग–सँगै देश विकास तथा सामुदायिक विकासका विविध पक्षमा चर्चा ग¥यौँ ।
भीमेश्वर नगरपालिकाले नगरबासी महिलाहरूको नेतृत्व क्षमता विकासका लागि विभिन्न प्रयास गरिरहेको छ । त्यसमध्ये तालिमहरूसमेत आयोजना गरिरहेको छ । एक तालिममा सहजीकरण गर्ने अवसर मिल्यो । आर्थिक समृद्धिले मात्र महिला नेतृत्व विकासमा योगदान पुग्ने र यसका लागि महिलाहरूले उद्यम विकासमार्फत आर्थिक विकासमा लाग्नु पर्नेमा चर्चा भयो ।
नेतृत्व क्षमता विकास, कृषि प्रबद्र्धन, सांस्कृतिक पक्षको जगेर्ना एवं प्रोत्साहन, भौतिक पूर्वाधार, सामाजिक एवं शैक्षिक क्षेत्रमा भीमेश्वर नगरपालिकाले गरेका योगदानका बारेमा छलफल तथा चर्चा परिचर्चामा सहभागी हुने मौका मिल्यो । प्रायः सबै वडाका वडा अध्यक्षहरूसँग परामर्श तथा छलफल भए । संघीयतापछिको पहिलो स्थानीय सरकारले खेलेको भूमिका र जनअपेक्षा बीचको तालमेलका विषयमा समीक्षात्मक छलफल गर्ने मौका मिल्यो । यस क्रममा धेरै अनुभवी तथा जानिफकार व्यक्तिहरूसँग अन्तक्र्रिया भए । नगरपालिकाभित्र भएका विकास निर्माणका बारेमा जानकारी हासिल गर्ने र ती विकासले नागरिक र समुदायमा परेको प्रभावका बारेमा सहभागितामूलक समीक्षा गर्ने अवसर मिल्यो । यस बारेमा विविध पक्ष समेटिएको आलेख छुट्टै तयार हुने नै छ ।
राजनीतिक कर्मको सिलसिलामा चरिकोट बस्दा त्यो भन्दा बाहेक धेरै काममा सकृय हुनु पर्दो रहेछ । त्यसैले मानिस सामाजिक प्राणी हो भनिएको होला । हुन त राजनीतिक काम पनि सामाजिक कामकै रूप हो । तथापि, सबै नीतिको माउ नीतिलाई राजनीति मान्ने गरिन्छ । हो नै, त्यसैले परिवर्तन गराउँदछ रूपान्तरण गराउँछ अनि समग्र विकास र समृद्धिमा ल्याउन प्रमुख योगदान दिन सक्छ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *