राजधानीकै सडकले फेरेन अनुहार

समाचार

काठमाडौं । सम्धी–सम्धिनीको आतंकले हलचल भएको सडक विभागमा मन्त्री रेणु यादवले विश्वास गरेकी शिवहरी सापकोटा महानिर्देशक भएपछि हातखुट्टा बाँधेर राखेजस्तै भएका छन् । महानिर्देशलाई साथ सहयोग दिन तम्सेका उपसचिव अंगलाल रोकाको टोलीले मन्त्रालयका सहसचिव अर्जुनजंग थापाको कनेक्सनमा रहेको बताइन्छ । यो कनेक्सनमा २४ (घ) बढुवाका अंगलाल प्रमुख पात्र हुन् । सचिव रविन्द्र श्रेष्ठ पनि सडक विभागभित्र दुर्गन्ध के–कस्तो हालतमा छ राम्रै बुझेका छन् । तर, २४ (घ) का इन्जिनियरहरूको हाउभाउले सडक विभाग सरकार जस्तो छ, त्यस्तै हुँदैछ । मन्त्री रेणु यादव गत हप्ता रौतहट पुगिन्, उनले आफ्नै मर्यादा भुलेर बोल्दा सरकार अप्ठ्यारोमा छ ।
मधेशमा जनता समाजवादीले उपेन्द्र यादवको तेजोबध गर्दैछ । यादवकै अगुवाइमा २०६३ साल माघ ७ गते रौतहटमा माओवादी कार्यकर्ताको सामूहिक हत्या भएको थियो । त्यो बेला राप्रपामा रहेकी रेणु यादव र फोरमका उपेन्द्र यादव अहिले सत्तामा छन् । रेणुले किसानलाई मल बिउ दिन नसक्ने र सरकारविरुद्धको आन्दोलनमा अझै उल्टो सोचेर बोल्दा बाटो बिग्रेको छ । मन्त्री जस्तो छिन्, सडक विभागका इन्जिनियरहरू पनि त्यस्तै छन् । अंगलाल रोकाले उपत्यकाका तीनवटै जिल्लाका आयोजनाहरूमा रजाइँ गर्न पाएका छन् । डिई र सुईको सरुवामा चाँजापाँजो मिलाउने, मन्त्रीले ठेक्का लिने समय कटाउने ठेकेदारलाई कार्यालयको जिम्मा दिएकी छन् । तिनै ठेकेदारका कारण पनि विभागको प्रचार ब्युरो आक्रामक बन्ने गरेको छ । त्यो ब्यूरोलाई २४ (घ) का अंगलाल रोका, डोलिडारबाट आएका ढकाल पहिले राम्रै खेती गरेका उपसचिव हुन् । उनीहरूले आफूँ ठाउँमा पुगे ठीक, अरु भए बेठीक भने पनि ठेकेदार र मन्त्रीले चाहेको खण्डमा ३÷३ महिनामा डिई फेरिन्छन् भन्ने प्रमाण बुटवलबाट मेघराज मरासिनीको सरुवा हो ।
देउवा सरकारका मन्त्रीले राम्रो कतै गरेका छ्रैनन् । माओवादीका मन्त्रीले काम समाते र बिड कमिसन लिने ठाउँमा मारे । जसपाका चारैजना मन्त्री कामभन्दा दाममा सक्रिय छन् । संयोगवस भौतिक पूर्वाधार मन्त्रालय रेणु यादवजस्ताको हातमा प¥यो । त्यसैले काठमाडौंका सडकले मुहार फेर्नसमेत पाएको छैन । १५ महिने महानिर्देशक भएर उनले न त सडकको पिच नै थपे, न त रंगरोगन नै गराए । रेणु यादव मन्त्री भएकै ६ महिना भयो । यिनले कर्मचारीसँग कामको प्रगति खोजेको जानकारी छैन । कामभन्दा दामलाई जोड दिने मन्त्रीले प्राविधिक टोलीको आवश्यकता पूरा गर्न सक्दैन भन्ने कुरा सडक विभागको जात्रा नै काफी छ ।
देशको राजधानीको अधिकांश सडकमा स्थानीय सरकार, प्रदेश सरकारको लगानी पनि छ । तर, राज्यको प्रमुख निकाय भौतिक पूर्वाधार मन्त्रालयले समयमा ध्यान दिएको छैन । सरकार रमिते छ । यो सरकारको दायित्व जनतासँग जोडिएको छैन । विकास पूर्वाधारका दुई स्तम्भ सहरी विकास र भौतिक पूर्वाधार मन्त्रालय छन् । जहाँ सञ्चालन गर्ने महिला नेतृत्वहरू नै असक्षम बन्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *